सोमबार, साउन ३० २०७९
काठमाडौं १५:५०
वासिङटन डिसी 06:05

मेरिल्याण्डमा पारिवारिक सम्बन्धको विषयलाई लिएर गोली चल्दा २ जनाको मृत्यु

इनेप्लिज २०७८ साउन ३० गते १०:३२ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको एन अरुनडेल काउन्टीमा पारिवारिक सम्बन्धको विषयलाई लिएर झगडा हुँदा गोली चल्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

गत बिहिबार राती मेरिल्याण्ड राज्यको हारवुड भन्ने स्थानमा उक्त घटना भएको थियो । प्रहरीले उक्त उक्त घटनालाई हत्या र आत्महत्याको संज्ञा दिएका छन् ।

एन अरुनडेल काउन्टी प्रहरीले गत शुक्रबार एक वक्तब्य निकाली उक्त समयमा ९११ मा गोली चलेको र चिच्याएको आवाज आएको खबर पाए पछि उनीहरु त्यहाँ पुगेको डब्लुटिओपिले जनाएको छ ।

काउन्टीको फ़्लानडर्स मार्ग नजिक रहेको वुटन सडकमा उक्त घटना भएको प्रहरीले बताएका छन् । उक्त घटनामा २५ बर्षिय शेल्बी लिन चियालासट्री नामक महिला कार(सवारी साधन)मा मृत अवस्थामा फेला पारेकी थिइन् । त्यसै गरि एनापोलिस बस्ने २३ बर्षिय ह्यारिसन लरेन्स हेरटेल नामक व्यक्ति सवारी साधन अड्डामा आफैले गोली हानि आत्महत्या गरेको पाइएको प्रहरीले जानकारी दिएका छन् ।

जव वारुण यन्त्रलाई त्यहाँ बोलाइए पछि जाँच गर्दा दुवै जनालाई मृत घोषित गरिएको थियो । प्रहरीका अनुसार पुरुष तथा महिलाको पारिवारिक सम्बन्ध रहेको र यस अघि कुनै पनि घरेलु हिंसाको कुनै पनि घटना प्राप्त नभएको जनाएका छन् ।

प्रतिक्रिया