सोमबार, असोज ४ २०७८
काठमाडौं १४:५४
वासिङटन डिसी 05:09

धामीको परिवारलाई सहयोग गर्न रकम संकलन

इनेप्लिज २०७८ साउन २१ गते २१:२२ मा प्रकाशित

अमेरिका भारतीय प्रहरीले तुईनको तार काटेर महाकाली नदीमा डुवेर वेपत्ता भएका जयसिं धामीको परिवारलाई सहयोग गर्न अमेरिकामा रकम संकलन शुरु गरिएको छ।सुदूर पश्चिम समाज मेरिल्याण्डको तर्फवाट शुरु गरिएको उक्त अभियानमा सहयोग गर्न दमन विक्रम शाहले अनुरोध गरेका छन्।

गत जुलाई ३० तारिख शुक्रवार विहान व्यास रुरल नगरपालिका २ दार्चुला निवासी ३३ वर्षीय धामीको भारतीय सीमा सुरक्षा वलका जवानले तुईन चढेर पारि पुग्नै लाग्दै तार काटिदिएको घटनाले स्तव्ध भएको भन्दै समाजले परिवारलाई सहयोग गर्न यो पहल थालिएको अभियन्ता अर्जुन हमालले वताए।

उनका अनुसार परिवारका सदस्यहरुलाई सहयोग गर्नु हामीहरुको दायित्व हो उनले अगाडि थपे त्यसैले हामीहरुले यो अभियान शुरु गरेका हौं।
समाजले अमेरिकामा रहेका नेपालीहरुलाई सहयोग गर्न अपिल समेत गरेको छ।

जय सिंह धामी सहयोग अभियान

organized by far west

https://www.gofundme.com/f/justiceforjaysinghdhami

प्रतिक्रिया