सोमबार, असोज ४ २०७८
काठमाडौं १३:०२
वासिङटन डिसी 03:17

क्यालिफोर्नियाको चलचित्र मन्दिरमा २ जनालाई टाउकोमा गोली प्रहार, १ जनाको मृत्यु तथा संदिग्ध बन्दुकधारी पक्राउ

चलचित्र हेर्न जानु पनि डर मर्दो

इनेप्लिज २०७८ साउन १६ गते ११:५७ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्निया राज्यमा चलचित्र मन्दिरमा भएको गोलीकाण्ड हुँदा १ जनाको मृत्यु भएको छ भने संदिग्ध बन्दुकधारीलाई पक्राउ गरिएको छ । क्यालिफोर्नियाको दक्षिणी क्षेत्र स्थित एक चलचित्र भवन भित्र संदिग्धले २ जनालाई टाउकोमा गोली हानेका थिए ।

प्रहरीले यसै सिलसिलामा उनलाई हत्या र हत्याको प्रयास गरेको अभियोग लगाईएको छ । गत शुक्रबारका दिन उक्त घटनाको बारेमा वादीले बताएका थिए । २० बर्षिय जोसेप जिमेनिज नामक व्यक्ति गत शुक्रबार रिभरसाइड काउन्टीको उच्च अदालतमा हाजिर भएका थिए ।

उनलाई प्रकाउ गरे देखि उनीलाई कारागारमा कैद गरिएको प्रहरीले जनाएका छन् । गत सोमबार चलचित्र हेर्न गएका १८ बर्षिय राइली गुडरिच तथा १९ बर्षिय एन्थोनी बाराजासलाई चलचित्रका कर्मचारीले राती ९:३५ मा फेला पारेका थिए ।

उक्त समयमा दि फरएभर पर्ज नामक चलचित्र प्रदर्शन भै रहेको थियो ।

गुडरिचको चलचित्र भवन भित्रै निधन भएको थियो भने बाराजासलाई नजिकैको अस्पताल लागिएको थियो ।

प्रहरी अधिकारीका अनुसार पीडित र बन्दुक चलाउने बीच कुनै सम्बन्ध नभएको उल्लेख गरेका छन् । वक्तब्य अनुसार उक्त घटना अचानक भएको जनाएका छन् । गत सोमबार घटना पछि उनलाई गत मंगलबार पक्राउ गरिएको थियो ।

उनले चलाएको बन्दुक समेत जफत गरिएको समाचार एबिसी न्यूजले उल्लेख गरेको छ ।

प्रतिक्रिया