सोमबार, असोज ४ २०७८
काठमाडौं १४:४९
वासिङटन डिसी 05:04

अमेरिकामा दुई हप्तामा औसतमा कोरोना संक्रमित १४५ प्रतिशत तथा अस्पताल भर्ना हुने दर ७० प्रतिशत वृद्धि

इनेप्लिज २०७८ साउन १३ गते १०:४४ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ६३ हजार २ सय ४८ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट २ सय ९० जनाको मृत्यु भएको छ । गत मंगलबार जुलाई २७ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १४५ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ११ हजार १ सय २८ जनाको निधन भएको छ भने दुई हप्तामा ६ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकाका अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरस अत्यधिक वृद्धि भएको छ ।

अमेरिकामा ६ लाख २६ हजार १४ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा ६ प्रतिशतले वृद्धि छ । हाल अमेरिकामा ३४ हाजर ८ सय ७० जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ७ प्रतिशतले वृद्धि भएको छ । बुधबार बिहान जुलाई २७ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४६ लाख ३ हजार ४ सय ३३ रहेको छ ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ४९.२ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५६.९ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६९.१ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६०.१ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९५ लाख ७१ हजार ४ सय ३४ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८९. ५ प्रतिशत र पूर्ण खोप ७९.८ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड ५४ लाख ६० हजार ८ सय ४५ खोप आपूर्ति गरि सकिएको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या १६ करोड ३३ लाख १२ हजार ४ सय ७४ पुगेको छ ।

प्रतिक्रिया