शुक्रबार, माघ १४ २०७८
काठमाडौं २१:५२
वासिङटन डिसी 11:07

ईन्जाको ध्यानाकर्षण!

इनेप्लिज २०७८ असार १८ गते २१:४९ मा प्रकाशित

लण्डन।नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल ईन्जाले ईन्जाकी कार्य समिति सदस्य अनुराधा पौडेललाई अपशब्द प्रयोग गरेको घटनाको भर्त्सनागरेको छ।
इन्जाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ–

एनआरएनए अन्तर्गतको संस्कृति तथा सम्पदा उपसमितिद्वारा गत आइतबार २७ जुन २०२१ मा युरोपमा आयोजित ‘एनआरएन द सिंगर’ कार्यक्रमको उद्घाटन, प्रेस मिट तथा प्रिअडिशन कार्यक्रमबारे जानकारी गराउन राखिएको प्रेस मिटमा भएको गडबडी प्रति नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल ईन्जाको गंभीर ध्यानाकर्षण भएको छ।

उक्त प्रेस मिटको मिडिया तथा मूल आयोजक समिति प्रचार प्रसार बिभागकी सह अध्यक्ष तथा ईन्जा केन्द्रीय प्रशिक्षण एवं तालीम विभाग प्रमुख पत्रकार अनुराधा पौडेलले व्यक्त गरेको निजी कुरा जुम कार्यक्रमको माईक अफ नभएकाले सार्वजनिक रुपमा प्रशारित भएको र असावधानीवश निस्केका शब्दलाई लक्षित गरेर जवाफमा एनआरएनए जर्मनीका मनोनित आईसिसी सदस्य प्रेम पोमुले लेख्न पनि नमिल्ने अपमानजनक शब्द प्रयोग गरेकोमा ईन्जा लज्जित र मर्माहत हुनुको साथै यसप्रति खेद व्यक्त गर्दछ।

एक महिला पत्रकारको चरित्रलाई लक्षित गरी प्रयोग भएको “उक्त अशिष्ट र अपमानजनक शव्द” प्रति आईसिसी सदस्य प्रेम पोमुले सार्वजनिक रुपमा माफी माग्नु पर्ने हाम्रो अडान रहेको छ।

गैर आवासीय नेपालीहरुको साझा संगठनमा अन्तर्राष्ट्रिय संयोजन समितिकै एक सदस्यले सार्वजनिक कार्यक्रममा यस्ता शब्द ब्यक्त गरिनु सभ्य समाजका लागि कदापि स्वीकार्य हुने विषय होइन।

कार्यक्रममा भएको गडबडीलाई ध्यानमा राख्दै मिडिया प्रचारबाजीमा नजाने मनसाय अनुराधा पौडेलले राख्नु भए पनि अहिले एकतर्फी रुपमा सामाजिक सन्जालमा अनुराधा पौडेलको भनाई बाहिर पठाउने र उहाँ माथि एकोहोरो आक्रमण गर्ने तरीकाले भईरहेका गतिविधिलाई तुरुन्त रोक्न पनि हामी सवै पक्षसंग आग्रह गर्दछौं।

अन्तर्राष्ट्रिय स्तरको मानिएको उक्त कार्यक्रममा भएको यस घटना माथि एनआरएनए आईसिसिले छानवीन गरी दोषीमाथि उपयुक्त कारवाही गरोस् भन्ने हाम्रो माग रहेको छ।

प्रतिक्रिया