सोमबार, साउन ३० २०७९
काठमाडौं १६:१२
वासिङटन डिसी 06:27

अद्यावधिक गरिएको : फ्लोरिडाको मायामीमा भत्किएको भवनमा मृतकको संख्या ११ पुग्यो ,१५० अझ बेपत्ता

इनेप्लिज २०७८ असार १५ गते ०:३९ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको मायामी शहर नजिक रहेको १२ तले भवन आंशिक रुपमा भत्किए पछि अहिले सम्म मर्नेहरुको संख्या ११ पुगेको छ । अझ पनि हराई रहेको संख्या १५० पुगेको रहेको युपिआइले जनाएको छ ।

जुन २८ ,सोमबार साँझ पत्रकार सम्मेलनमा मायामी काउन्टीको नगर प्रमुख डानिला लेभिना काभाले मर्नेहरुको संख्या ११ पुगेको बताइन ।

गत शुक्रबार मायामी शहरले एक पत्र जारी गरि ४० बर्ष पुराना ६ तला भन्दा माथि भएका भवनलाई जाँच गर्न आग्रह गर्दै ४५ दिन भित्र प्रतिवेदन बुझाउन आग्रह गरेका छन् ।

गत जुन २४ का दिन बिहान बिहीवार उक्त भवन आंशिक रुपमा भत्केको थियो । उक्त समयमा अधिकांश मानिसहरु मस्त सुतिरहेका थिए ।

उक्त घटना फ्लोरिडाको मायामी सर्फसाइड भन्ने शहरमा भएको हो । उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामी समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ । करिव ५५ वटा कन्ड़ोनियम(एक परिवार लागि पुग्ने फ्लाट अर्थात् एक तला ) भवन खसेको थियो ।

उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको छ ।

दुई शयन कक्ष भएको उक्त एक ईकाई(युनिट)को बजार मूल्य ६ देखि ७ लाख डलर मुल्य पर्दछ ।

प्रतिक्रिया