बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:३५
वासिङटन डिसी 07:50

अमेरिका नेपाल सहयोगी समाजले भर्जिनियाको मनाससमा सरसफाइ गर्ने

इनेप्लिज २०७८ असार ८ गते ०:०८ मा प्रकाशित

अमेरिका नेपाल सहयोगी समाज(एएनएचएस)ले भर्जिनिया राज्यको मनाससको केही सीमित सडकको सरसफाई गर्ने भएको छ ।

सँस्थाका अध्यक्ष कमल भट्टराईले सामुदायिक कार्यक्रमको रुपमा बल्सफोर्ड रोड(सडक)को सडलि देखि इसिपिआई बिश्वबिद्यालय वरपरको परिसरमा सरसफाई गर्ने अवसर/ज़िम्मेवारी पाएको ईनेप्लिजलाई बताए ।

अध्यक्ष भट्टराईले योजना अनुरुप दुई वर्षभित्रमा ८ पटक सरसफाइ गर्नु पर्ने जनाए । साथै सरसफाइको लागि आवश्यक सामग्री सँस्थालाई उक्त कार्यको लागि अनुमति प्रदान गर्ने कम्पनीबाट प्राप्त हुनेछ।

उक्त सरसफाई कार्यक्रमको सुरुवात आगामी जुन २६ का दिन शनिवार हुनेछ ।

कार्यक्रम बिहान ८ बजे देखि १० बजे सम्म गरिने हुनाले जो कोही पनि यस अभियानमा जोडिन सक्नु हुनेछ भनि आह्वान गरिएको छ । सरसफाई लागि आवश्यक सामग्री प्रिन्स विलियम काउन्टीबाट समेत प्राप्त भइसकेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

कार्यक्रम स्थल,मिति र समय :

मिती: शनिवार, २६ जुन
समय: बिहान ८ देखि १० बजेसम्म
जम्मा हुने स्थान: NACC भवन परिसर
10501 Balls Ford Rd, Manassas VA 20109

प्रतिक्रिया