आइतबार, असार ६ २०७८
काठमाडौं ०६:०७
वासिङटन डिसी 20:22

अमेरिकाको जनसंख्या ३३ करोड २६ लाख ,कोरोना बिरुद्ध खोप आपूर्ति ३४ करोड ४५ लाख

इनेप्लिज २०७८ जेठ २ गते ११:४२ मा प्रकाशित

अमेरिकामा मे १६,२०२१ का दिन बिहान सम्मको जनसंख्या ३४ करोड २६ लाख ८५ हजार ५७ रहेको छ भने गत मे १५ सम्म अमेरिकामा ३४ करोड ४५ लाख ३ हजार ९५ खोप ५० वटै राज्यहरुमा आपूर्ति गरि सकेको छ ।

हाल अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ,संक्रमित हुनेको संख्या र अस्पताल भर्ना हुनेको संख्या ओरालो लागि रहेको अवस्था छ ।

तथापि अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ३३ हजार ८ सय ६६ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट ६ सय ४ जनाको मृत्यु भएको छ । गत शनिबार मे १५ का दिन २४ घण्टामा उक्त तथ्यांक न्यूयोर्क टाइम्सले निकालेको हो ।

कोरोनाबाट संक्रमण हुनेको संख्यामा बिगत दुई हप्तामा ३२ प्रतिसतले कमी आएको छ । अमेरिकामा हाल सम्म कूल ५ लाख ८५ हजार २ सय ८१ जनाको निधन भएको छ भने दुई हप्तामा १३ प्रतिसतले मृत्यु संख्या घटेको छ ।

हाल अमेरिकामा ३४,८०३ जना अस्पतालमा कोरोना संक्रमितहरु भर्ना भएका छन भने भर्ना हुनेको संख्या १८ प्रतिसतले घटेको छ ।

गत मे १५ का दिन अमेरिकामा १२ लाख १० हजार ७ जनाले कोरोनाको जाँच गराएका छन् । अहिले बिहान आइतबार मे १६ सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ३ करोड २९ लाख ५० हजार ७ सय ३५ रहेको छ । अमेरिका कुल २७ करोड ८ लाख ३२ हजार ३ सय ४२ जनाले कम्तिमा एक खोप लगाएका छन ।

अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ३७ प्रतिसत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ४७ प्रतिसत पुगेको छ ।

प्रतिक्रिया