आइतबार, असार ६ २०७८
काठमाडौं ०५:४८
वासिङटन डिसी 20:03

युएनए सम्मेलनमा हुने विभिन्न खेलकुद टोलीले दर्ता धमाधम गर्दै : खेलकुद संयोजक सन्तोष बिडारी

इनेप्लिज २०७८ वैशाख २८ गते १७:४७ मा प्रकाशित

 

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा आयोजना हुने विभिन्न खेलहरुमा विभिन्न खेल टोलीले धमाधम दर्ता गरि रहेको सम्मेलन सह संयोजक तथा खेलकुद संयोजक सन्तोष बिडारीले ईनेप्लिजलाई बताए ।

खेलकुद संयोजक बिडारीका अनुसार हाल सम्म बास्केटबलमा स्थानीय ६ वटा खेल टोलीले दर्ता गरि सकेको जनाए । यसै गरि सकर(भकुण्डो)खेलमा हाल सम्म ७ वटा खेलटोलीले नाम दर्ता गराई सकेका छन् भने जसमा बाल्टिमोरबाट २ ,भर्जिनियाबाट ३ र हाल सम्म न्यू योर्कबाट २ वटा खेल टोली रहेको उनले बताए । बास्केटबलका सह संयोजक दले लामा खेल टोली संग समन्यव र अन्य काम गरि गरि रहेका छन् ।

विडारीले भकुण्डो खेलमा अझ पनि एक/दुई वटा टोली आउने सम्भावना रहेको बताउँदै छिटो भन्दा छिटो दर्ता गराउन उनले आह्वान गरेका छन् । टेक्सस र सियाटलबाट पनि आउने कुरा चलिरहेको अवस्थामा उक्त टोलीहरु हाललाई नआउने भएका छन् ।

यसै गरि भलिवलमा न्यूयोर्कबाट ३ जना ,बाल्टिमोरबाट ३ र डिसीबाट १ खेल सहित ७ वटा खेल टोलीको दर्ता भै सकेको बिडारीले जानकारी दिदै शीघ्र दर्ता गर्न आह्वान समेत गरे । उनले हाल सम्म टेनिस खेलमा २ जनाले मात्र दर्ता गराएको भन्दै उक्त खेलको लागि कम्तीमा १० जना चाहिने बताए । उनले टेनिसमा सबै खेलाडी तथा टोलीलाई चाडो दर्ता गराउन ईनेप्लिज मार्फत आह्वान गरेका छन् ।

साथै बास्केटबलमा बिजेता हुनेलाई १ हजार डलर र उप बिजेतालाई ५ सय डलर नगद तथा पुरस्कार दिइने छ । युनएनए सम्मेलनमा हुन् अब ११ दिन मात्र बाकि छ भने आगामी मे २२- २३ का दिन आयोजना हुने भएकोले भव्य तयारी भै रहेको छ ।

यस पटक खेलकुद बाहेक अन्य कार्यक्रमहरु परोक्ष (जुम )मार्फत हुने छ । भर्जिनियाको वेस्टफिल्ड मेरिएट वाशिंगटन डलस होटल(अतिथि गृह)मा पुरस्कार वितरण कार्यक्रम गरिने छ भने उक्त दिन केवल खेलाडीहरु मात्र उपस्थित हुनेछन् ।

युनाइटेड नेप्लिज एसोसिएसन (युएनए)को पाँचौ सम्मेलनमा बिगत बर्ष झैँ यस बर्ष पनि नृत्य,गायन /गीत,वादविवाद तथा प्रतिभा प्रतियोगिता हुनेछन् ।

बिस्तृत जानकारी लिन यहा थिच्नु होला :

https://unaconvention.org/

 

प्रतिक्रिया