टेक्ससमा भीषण बाढी: ९ बालिकासहित कम्तीमा २७ जनाको मृत्यु, दर्जनौं अझै बेपत्ता

इनेप्लिज २०८२ असार २१ गते १७:०२ मा प्रकाशित

टेक्ससको हिल काउन्टी गत क्षेत्रमा शुक्रबार बिहान आएको भीषण बाढीको कारण ग्वाडालुपे नदीले विनाश मच्चाउँदा कम्तीमा २७ जनाको ज्यान गएको छ भने जस मध्ये केवल ९ जना बालिकाहरू परेका थन्।

उद्धारकर्मीहरू शनिबारसम्म पनि नदी किनारको एक क्रिश्चियन बालिका शिविर  ‘क्याम्प मिस्टिक’बाट बेपत्ता भएका दुई दर्जनभन्दा बढी बालिकाहरूको खोजीमा जुटिरहेका छन्।

ग्वाडालुपे नदीको पानी ४५ मिनेटमै २६ फिट (८ मिटर) माथिसम्म चढ्दा कयौं घर र सवारी साधन बगाएको अधिकारीहरूले जनाएका छन्। यो सबै बिहानपख भएको हुँदा धेरै मानिसहरू सुतेकै अवस्थामा परेको अनुमान गरिएको छ।

केरभिल शहरका नगर प्रवन्धक डाल्टन राइसले बताएअनुसार, क्याम्प मिस्टिकका २७ जना अझै हराइरहेका छन्। अन्य ठाउँहरूबाट पनि अझै कतिको अवस्था अज्ञात छ।

शनिबार पनि सान एन्टोनियो बाहिरका क्षेत्रहरूमा मुसलधारे वर्षा जारी रहेकाले बाढीको जोखिम अन्त्य भएको छैन। मध्य टेक्ससका धेरै भागहरूमा अझै  आकस्मिक बाढीको चेतावनी जारी गरिएको छ।

उद्धार टोलीहरूले उदग्रविमा र डुंगाको सहायताले खोजी तथा राहत कार्य तीव्र बनाइरहेका छन्। मृतकहरूको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

प्रतिक्रिया