आइतबार, असार ६ २०७८
काठमाडौं ०७:०४
वासिङटन डिसी 21:19

खोप लगाएर भारत गएका पूजारी फर्किदा ‘पोजिटिभ’

इनेप्लिज २०७८ वैशाख २६ गते २:३१ मा प्रकाशित

मेरील्याण्डको ल्यानमस्थित श्री शिव विष्णु मन्दिरका पुजारीमा कोरोना संक्रमण देखिए पछि मन्दिर सात दिनका लागि बन्द गरिएको छ । पुजारी पूर्ण खोप लगाएर भारत गएका थिए । उनी फर्किएर आए पछि गरिएको स्वाव परिक्षणमा उनीमा संक्रमण देखिएको थियो ।
उनमा कोविदको कुनै लक्षण नदेखिएको र उनी स्वस्थ रहेकाले उनले मन्दिरमा नित्य पूजा भने गर्ने छन । उनलाई १४ दिनको क्वारेन्टाइनमा बस्न चाहिँ भनिएको छ फक्स ५ वासिंगटन डिसीले आफ्नो समाचारमा जनाए अनुसार मन्दिर सर्बसाधारणका लागि मात्र बन्द गरिएको छ । उनको परिक्षण रिपोर्ट गलत भएको हो कि भन्ने आशा पनि गरिएको छ ।

प्रतिक्रिया