बिहीबार, वैशाख २३ २०७८
काठमाडौं २३:५२
वासिङटन डिसी 14:07

अमेरिकी स्वतन्त्रता दिवस सम्म कम्तिमा ७० प्रतिसत वयस्कलाई खोप दिईने बाइडेनको लक्ष्य

इनेप्लिज २०७८ वैशाख २१ गते १९:५५ मा प्रकाशित

अमेरिकी स्वतन्त्रता दिवस सम्म कम्तिमा ७० प्रतिसत वयस्कलाई खोप दिईने राष्ट्रपति जो बाइडेनले घोषणा गरेका छन । बाइडेनले मंगलबार अमेरिकाको वयस्क जनसंख्याको ७० प्रतिसत र कम्तिमा १६ करोड अमेरिकी वयस्कलाई जुलाई ४ सम्म पूर्ण खोप लगाइने लगाएको नयाँ र लक्ष्य तय गरे ।

“हामी यो खोप लगाउन पहिले भन्दा सजिलो बनाउन जाँदैछौं,” बाइडेनले आफ्नो टिप्पणीमा मंगलबार भने।

उनले थपे,आजदेखि दुई महिना भित्र देश भरका अमेरिकी परिवारहरूले जुलाई चार उत्सव मनाउन लागेका छन्। हाम्रो लक्ष्य, जुलाई चार सम्म कम्तिमा एक खुराक (खोप )सहित कम्तिमा ७० प्रतिसत वयस्क अमेरिकीहरूले लगाएको हुनुपर्दछ । र ,कम्तिमा १६० मिलियन अमेरिकीहरुले पूर्ण रूपमा खोप लगाएको हुनु पर्ने बताए ।

यो लक्ष्य प्राप्त गर्नका लागि संघीय फार्मेसी कार्यक्रममा भाग लिन हजारौं औषधालयहरूमा सिधै गएर खोप लिन सकिने ,संघीय आपतकालीन व्यवस्थापन एजेन्सी स्रोतहरूलाई थप अन्य खोप लगाउने व्यवस्थापन गर्ने ,साना सामुदायिक खोप केन्द्रहरू र अधिक घुम्ती शिविर आदीको व्यवस्थापन गर्ने वरिष्ठ प्रशासनले जानकारी दिएको समाचार सिएनएनले लेखेको छ ।

बाइडेन प्रशासनले देशभरीका ग्रामीण स्वास्थ्य उपचार केन्द्रहरूमा कोभिड-१९ को खोपको व्यवस्था गर्न कोष प्रदान गर्ने भएका छन् ।

मंगलबार ह्वाइट हाउसबाट बोल्दै बाइडेनले अमेरिकीहरूलाई खोज्न प्राप्त गर्ने नयाँ तरिकाहरू घोषणा गरे । साथै खोप लिन चाहना राख्नेहरुका लागि सरल होस् भनि टेक्स (सन्देशमा आधारित )माध्यमद्वारा खोप लिन सकिने  भ्याक्सिन डट गभ   को घोषणा गरेको   केएचओएन२ डटकम ले समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया