आइतबार, चैत २९ २०७७
काठमाडौं २२:३२
वासिङटन डिसी 12:47

टेक्सस ड्यालसका प्रहरी अधिकारीको निर्देशनमा दुई जनाको हत्या गरिएकोमा प्रकाउ

इनेप्लिज २०७७ फागुन २० गते २३:५८ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालस शहरका प्रहरी अधिकारीको निर्देशनमा दुईजनाको हत्या भएकोमा उनलाई प्रकाउ गरिएको छ । उनलाई बिहिबार दुई वटा अपराध गरेकोमा उनलाई प्रक्राउ गरिएको हो ।

ड्यालस प्रहरी विभागमा १३ बर्षको अनुभवी प्रहरीलाई हिरासतमा लिएको छ भने उनलाई ड्यालस काउन्टीको कारागारमा राखिएको एक पत्रकार सम्मेलनमा प्रहरी प्रमुख एडी गार्सियाले जानकारी दिएका छन ।

सन् २०१९ अगस्तमा एक व्यक्ति अनुसन्धानकर्तामा आएर उनको निर्देशनमा अपहरण गरि सन् २०१७ मा मारिएको उजुरी दिए पछि उनि कानुनी फन्दामा परेका हुन् ।

उक्त समयमा उक्त प्रहरी कर्तब्यमा नभएको प्रहरी प्रमुखले जनाए । सन् २०१७ मार्चमा ३१ बर्षिय लिजा सेन्ज नामक महिलाको शरीरमा कैयौ गोली प्रहार गरि हत्या गरिएको थियो ।

त्यस्तै गरि अर्का ६१ बर्षिय अल्बर्ट डग्लसलाई पनि अपहरण गरि हत्या गरिएको गार्सियाले बताएका थिए ।

श्रोत :एबिसी न्युज

प्रतिक्रिया