शनिबार, फागुन १५ २०७७
काठमाडौं १२:१४
वासिङटन डिसी 01:29

अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न

इनेप्लिज २०७७ माघ ७ गते १:४२ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा नेपाली समुदायको पहिलो लायन्स क्लव ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्दको चार्टर नाईट सम्पन्न भएको छ ।

फ्लोरिडा राज्य अन्तर्गत मध्य फ्लोरिडाको केन्द्र ओर्ल्याण्डोमा लायन्स अन्तरार्ष्ट्रियको बिशेष क्लव प्रयोजन अनुसार एउटै संस्कृतिमा पर्ने नेपाली समुदायको पहिलो लायन्स क्लव “ग्रेटर ओर्ल्याण्डो लर्ड बुध्द लायन्स क्लव” को गत आईतबार स्पोंसर क्लव किशिमीको क्लव हॅाउसको सभा कक्षमा सामाजिक दुरीको मर्यादा कायम राख्दैं एक बिशेष समारोह बिच क्लवका चार्टर सदस्यहरुको लागि लायन्स अभिमूखिकरण, बोर्डका पदाधिकारीहरुको पदस्थापन गरि भव्य रुपमा चार्टर नाईट सम्पन्न भएको छ।

लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३५ का काउन्सिल चेयर, डि. ३५ ‘ओ’ का गवर्नर लगायत थुप्रै अग्रज लायनहरुको उपस्थिति उल्लेखनिय रहेको थियो। किशिमी लायन्स क्लवका अध्यक्ष ला. वारेन आईभिको सभापतित्वमा संचालित उक्त समारोहमा सहभागि सबैलाई उनैले स्वागत भाषण गरेका थिए भने उदघोषण गाईडिंग लायन नेल्सन डिसूजाले गरेका थिए जो क्लवका पूर्व अध्यक्ष पनि हुन्।

लायन्स क्लवको दृष्टिकोण, अभियान, प्रयोजन र आचार संहिताबारे संक्षिप्त जानकारी राख्दैं नयॅा क्लवले ति उदेश्य प्राप्तिको लागि अग्रसर रहने सुभेच्छा लायन्स अन्तर्राष्ट्रिय ३५ का काउन्सिल चेयर एवं गवर्नर ला. ग्रेग ईभान्सले गरे भने प्रथम र द्वितिय भि.डि.जी. द्वय क्रमश: ला. स्टेवेन भेरिक र ला. ग्लेन ब्राउनले झण्डाको अभिवादन, बिश्व शाम्तिको कामना सहित लायन्सको प्रार्थना पाठ गरेका थिए।

सोहि क्रममा सामूहिक रुपमा गाईएको अमेरिकाको राष्ट्रगानको लयबध्द नेतृत्व गर्दै ला.अ. डि. ३५ ‘ओ’ का डि. गवर्नर ला. ह्यॅारी निलियम्सले नवोदित क्लवका चार्टर अध्यक्ष लगायत सबै पदाधिकारीहरुलाई लायन्स अभिमूखिकरण एवं पदस्थापन गरॅाउनु भएको थियो। यस बिचमा अर्का गाईडिंग लायन स्टिव हॅायलेर जो पि. डि. जी. पनि हुन् उनले लायन टोष्ट गरेका थिए। साथै पुन: गवर्नर ला. ह्यॅारीले चार्टरको क्रमलाई निरन्तरता दिदैं क्लवका चार्टर अध्यक्ष ला. निजानन्द मल्ललाई अन्तर्राष्ट्रिय अध्यक्ष हस्ताक्षरित प्रमाण-पत्र, पिन, उपहार प्रदान गरे भने उपस्थित सबै पदाधिकारीहरुलाई डिस्ट्रिक्टको प्रमाण-पत्र लगायत केन्द्रबाट उपलव्ध लायन्स प्यॅाच, पिन, पुस्तिका आदि सामग्रिहरु प्रदान गरेका थिए।

त्यसै गरि काउन्सिल र डिस्ट्रिक्ट सामग्रिहरु सबैलाई प्रदान गरिएको थियो।

लायन टोष्टको मजा सहभागि सबैले लिदैं गर्दाको बिचमा चार्टर क्लवका अध्यक्ष ला. निजानन्द मल्लले आफ्नो पदिय दायित्व स्विकार्दै लायनवादको उदेश्य प्राप्तिका लागि आफू सदैव सजग र सकृय रहने प्रण गर्नुभयो।

अग्रज लायनले देखाएको बाटोमा आफू लगनशील भएर लाग्ने र आफ्ना क्लवका साथीहरुको एकता र सहभागितामा जोड दिदैं समाजको स्तरबृध्दिमा ध्यॅान दिने बताउनु हुदैं सबै अग्रज लायनहरु प्रति आफ्नो क्लवको तर्फबाट आभार प्रकट गर्दै स्पोन्सर क्लव र आफ्नो क्लवका सबै सदस्यहरुलाई धन्यवादज्ञापन गर्नुभयो। र अन्त्यमा सभापतिको आशनबाट आतिथ्य क्लवका अध्यक्ष ला. वॅारेन आईविले ग्यॅावेलले बेल बजॅाउदैं सभाको बिधिवत समापन गर्नुभयो।

प्रतिक्रिया