पत्रकारिता पुरस्कारका लागि इन्जाद्वारा निवेदन आह्वान
इन्जा पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले एक लाख रुपिंया राशीको इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड र एक लाख रुपिंया राशीको नै इञ्जा कम्युनिटी जर्नालिज्म अवार्डका लागि नेपाली पत्रकारहरुवाट निवेदन आह्वान गरेको छ ।
यसैगरी एक लाख रुपिंया राशीको उत्कृष्ट साहित्यिक पुरस्कारका लागि सिफारिस गर्न समेत इञ्जाले पाठकहरुलाई आह्वान गरेको छ ।
पत्रकारिता सम्वद्ध दुवै पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले सन् २०२० मा प्रकाशित वा प्रसारित आफ्नो समाचारको कपि वा लिंक समेत निवेदन साथ जनवरी ३० भित्र पेश गर्नुपर्ने इञ्जाले जनाएको छ ।
पत्रकारहरुवाट प्राप्त निवेदनहरुलाई इञ्जाद्वारा गठिन निर्णायक समितिले अध्ययन गरी फेवु्रअरी १५ मा पुरस्कार प्राप्त गर्ने पत्रकार तथा समाचार माध्यमको नाम सार्वजनिक गर्नेछ भने इञ्जाले मार्च १ मा आफ्नो स्थापना दिवसको उपलक्ष्यमा आयोजना गर्दै आएको इञ्जा डे को अवसरमा काठमाडौंमा एक समारोह आयोजना गरी सो पुरस्कार हस्तान्तरण गर्ने इञ्जा अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभयो ।
पुरस्कारका लागि निवेदन दिने पत्रकारहरुले आफुलाई उत्कृष्ट लागेका तीनवटा समाचारहरुलाई प्रतिश्पर्धाका लागि समावेश गर्न सक्ने प्रावधान इञ्जाले वनाएको छ । गतवर्ष इञ्जा इन्भेष्टिगेटिभ जर्नालिज्म अवार्ड हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयवावु सिवाकोटी र इञ्जा कम्युनिटी जर्नालिज्म अवार्ड अछामकी मेनुका ढुंगाना र वाजुराका प्रकाश सिंहले प्राप्त गर्नुभएको थियो ।
इञ्जाले एक लाख रुपिंया राशीको यो वर्षको उत्कृष्ट साहित्यिक पुरस्कार पनि इञ्जा डेको अवसरमा नै हस्तान्तरण गर्ने भएको छ । उत्कृष्ट साहित्यिक पुरस्कार सन् २०२० प्रकाशित उत्कृष्ट नेपाली साहित्यिक कृतिका सर्जकलाई प्रदान गर्ने इञ्जाले जनाएको छ ।
यो पुरस्कारका लागि सर्जकवाट आवेदन नलिइ पाठकहरुलाई आफुलाई उत्कृष्ट लागेको कृति सिफारिस गर्न इञ्जाले पाठकहरुलाई आग्रह गरेको छ । पाठकहरुले सिफारिस गरेका उत्कृष्ट दश कृतिहरुलाई इञ्जाद्वारा गठित निर्णायक समितिले अध्ययन गरी एक कृतिका सर्जकलाई सो पुरस्कार प्रदान गरिने इञ्जा अध्यक्ष लुइटेलले जानकारी दिनुभयो । इञ्जाले पत्रकारिता पुरस्कारको निवेदन र साहित्यिक कृतिको सिफारिस [email protected] वा [email protected] इमेलमा पठाइदिन समेत आह्वान गरेको छ ।
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
प्रतिक्रिया