सोमबार, साउन १८ २०७८
काठमाडौं १२:२५
वासिङटन डिसी 02:40

महामारीको चपेटामा परेको लस एन्जेलसमा भुई तलामा ठूलो भोज आयोजना गर्ने ठाउँबाट १ सय ५८ जना पक्राउ

इनेप्लिज २०७७ मंसिर २४ गते १२:२१ मा प्रकाशित

कोरोना महामारीको चपेटामा परेको लस एन्जेलसमा भुई तलामा ठूलो भोज आयोजना गर्ने ठाउँबाट १ सय ५८ जना पक्राउ गरिएको प्रहरीले जनाएका छन् ।

हाल सम्म अमेरिकामा आधा जति जनसंख्या अर्थात् १५ करोड मानिस कोरोना भाइरसबाट संक्रमित,दैनिक २ लाख संक्रमित र २ हजारको हाराहारीमा मृत्यु भएको अवस्थामा भोज गर्दा उनिहरुलाई पक्राउ गरेको हो ।

क्यालिफोर्नियामा जहाँ बाहिर ननिस्कन आदेश भएको ठाउँमा कोरोनाभाइरसको आदेश उल्लङ्घन गरेको पाइएको छ । लस एन्जेलस काउन्टी शेरिफ एलेक्स भिलानुभाका अनुसार गत शनिबार पामडेल स्थित एक खाली घरमा औक्त भोजको आयोजना गरेको बताए ।

गत मंगलबार उनले पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएका हुन् । जस्मा १ सय २० जना वयस्क र ३८ जना किशोरकिशोरीहरु उक्त भोजमा मस्त रहेका थिए । जसले भोज आयोजना गरेको हो उसलाई पत्र पठाईएको छ ।

पक्राउ पर्ने मध्ये ५ जनालाई चोरी ,बन्दुक साथमा रहेको र एक जनालाई अवरोध गरेको आरोप लगाईएको छ । जहाँ १८ बर्षिय र १७ बर्षियलाई पनि पक्राउ गरिएको छ ।

श्रोत :एबिसीन्यूज

प्रतिक्रिया