विस्कनसिनको डेन काउन्टीमा पुन:बाइडेन कै जीत,पुन :मतगणना गर्न ३० लाख डलर खर्च
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनको मतगणनामा धाधली भएको शंका उपशंका गर्दै आंशिक पुन:गणनामा परेको विस्कनसिनको डेन काउन्टीमा पनि पुन:बाइडेनको जीत कायमै भएको छ ।
उक्त काउन्टीमा भएको मतगणनामा ट्रम्पभन्दा झिनो ८७ मतले अग्रता कायम गरेका छन् । मिल्वाकी काउन्टीको पुन :मतगणना समाप्त भएको २ दिन पछि डेन काउन्टीको सबै पुन:गणना समापन भएको हो ।
मिल्वाकी काउन्टीमा पुन:मतगणना पछि निर्वाचित राष्ट्रपति जो बाइडेनलाई १३२ थप मत प्राप्त भएको थियो भने ट्रम्पलाई ४५ मत थप प्राप्त भएको थियो । यसरी कूल सबै जोड्दा विस्कनसिन राज्यमा बाइडेनले २०,६९५ मतले ट्रम्पलाई हराएका छन ।
ट्रम्प अभियानले दुईवटा काउन्टीको लागि पुन :गणना गर्न ३० लाख डलर खर्च गरेका थिए । विस्कनसिनमा १० वटा निर्वाचकीय मत रहेको छ । आगामी मंगलबार राज्यले बिजेतालाई प्रमाणित गर्ने छ भने यता ट्रम्पले गत शनिबार निर्वाचनको परिणामको घोषणा बारेमा प्रमाणित गरेमा मुद्धा हाल्ने सामाजिक संजालमा लेखेका छन् ।
आइतबार डेन काउन्टीको नतीजा घोषणा गर्दै सचिव स्कट म्याकोडोनेलले पत्रकारहरूलाई भने ,ट्रम्पको ट्वीटलाई “यहाँ कुनै धोखाधडी नभएको तथ्यलाई स्पष्ट रुपमा स्वीकार गरेको” देखेको बताए । तर त्यसको साटो ट्रम्प अभियानको चिन्ताको विषय “नीतिहरुमा आपत्ति” रहेको जनाए ।
प्रक्रियाले जनगणनाको यथार्थताका बारे “आश्वासन” दिनु पर्दछ, तर यो “निराशाजनक” ट्रम्प अभियानले विस्कन्सिनभरका अभ्यासका लागि दुईवटा प्रजातान्त्रिक काउन्टीलाई मात्र लक्षित गरेको छ ,उनले भने ।
श्रोत :वाशिंगटनपोस्ट
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
मेरिल्याण्ड एनइसिसी-पशुपति बुद्ध मन्दिर द्वारा माघे संघ्रान्ति तथा माघीको हार्दिक मंगलमय शुभकामना
ट्रम्पलाई लगाईएको दोश्रो महाअभियोग अव सिनेटमा जो बाइडेनको सपथ पछि कारवाही हुने
प्रतिक्रिया