जीवन विज्ञान प्रतिष्ठान नेपालको दोस्रो केन्द्रीय कार्यालय अमेरिकामा समुद्घाटन
जीवन विज्ञान प्रतिष्ठान नेपालले यसको दोस्रो केन्द्रीय कार्यालय अमेरिकामा स्थापना गरेको छ । जीवन विज्ञानका संस्थापकद्वय श्रद्धेय सद्गुरुवर रमेश नेपाल तथा एल पि भानु शर्माले काठमाडौँस्थित केन्द्रीय कार्यालयबाट व्यानर अनावरण गरी यही नोभेम्बर २६ मा जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालय अमेरिकाको समुद्घाटन गर्नुभयो ।
श्रद्धेय सद्गुरुवर रमेश नेपालज्यूको प्रकाश दिवस मनाउने अवसरका साथ हरिबोधिनी एकादशी र अमेरिकी जनजीवनमा धन्यवाद दिने दिन अर्थात् थ्याङ्कस गिभिङ डेको अवसर समेत रहेको समारोहमा काठमाडौँमा जुमबाट ब्यानर अनावरण भएपछि अमेरिकामा समिति सदस्य कमला खरेल र मीना पन्थीले पानसमा दीप प्रज्वलन तथा व्यानर अनावरण गर्नुभयो ।
समारोहमा श्रद्धेय सद्गुरुवर रमेश नेपालज्यूको प्रकाश दिवसका अवसरमा वहाँलाई पुष्पहार अर्पण गरी वहाँको चिरायुके शुभकामना व्यक्त गरियो । सो समुद्घाटन समारोहमा जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालयको नवगठित समितिका सदस्य मधु पन्थीले जीवन विज्ञान दोस्रो केन्द्रीय कार्यालय अमेरिकाले जीवन विज्ञानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न लिएका लक्ष्य, दृष्टिकोण र उद्देश्यबारे प्रकाश पार्नुभयो ।
सदस्य परशुराम भण्डारीले स्वागत मन्तव्य दिनुभएको समारोहमा नेपालबाट रञ्जु गौतम घिमिरेले स्वस्तिवाचन तथा गुरुवन्दना, केन्टकीबाट सरु गुरागार्इँ र मुरारी गुरागाईले गुरुवन्दना र भजन प्रस्तुत गर्नुभयो ।
मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट ह्यारी भण्डारी, टाउन अफ हर्नडनका काउन्सिल म्यान प्रदीप ढकालले शुभकामना मन्तव्य दिनुभयो । अमेरिकाका विभिन्न स्थानमा जुमका मध्यमबाट भएका स्वसंवाद साधनासत्रका सहभागीहरुमध्ये क्यालिफोर्निया जीवन योग प्रयोगशालाकी सहभागी अमिता थापा, टेक्सास स्वसंवाद सत्रमा सहभागी डा परशुराम दाहाल, ग्लोबल भुटनिज हिन्दु अर्गनाइजेसनका अध्यक्ष कमल धिमाल, भर्जिनिया स्वसंवाद तेस्रो समूहबाट दीक्षित बद्री खनाल, भर्जिनियाबाट दिव्यसंवाद सत्रबाट दीक्षित तनुजा पोख्रेल अधिकारी हुनुहुन्थ्यो ।
नवगठित समितिका अध्यक्ष शिव लामिछानेबाट धन्यवाद ज्ञापनसहित समारोह विसर्जनको जानकारी गराइयो । समारोहको सञ्चालन समिति सदस्य कल्पना सत्यालले गर्नुभएको थियो ।
पिडिएफ(सुलेख)मा हेर्न यहाँ थिच्नु होला :
‘सदन आक्रमणमा संलग्न’ भर्जिनियाका दुई प्रहरी पक्राउ
न्युयोर्क ब्रंक्समा यात्रीयान दुर्घटना हुँदा गाडी झुण्डियो ,९ जना घाइते
बाइडेनले जर्जियामा बचनबद्ध गरेको कोरोना राहत सहयोग स्वरुप २ हजार डलर दिने योजना प्रस्ताव
मेरिल्याण्ड एनइसिसी-पशुपति बुद्ध मन्दिर द्वारा माघे संघ्रान्ति तथा माघीको हार्दिक मंगलमय शुभकामना
ट्रम्पलाई लगाईएको दोश्रो महाअभियोग अव सिनेटमा जो बाइडेनको सपथ पछि कारवाही हुने
प्रतिक्रिया