आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०६:४९
वासिङटन डिसी 20:04

न्यायाधीशले ट्रम्प प्रशासनलाई कसैको साथ नलगाई नाबालिगहरूलाई देश निकाला नगर्न आदेश

इनेप्लिज २०७७ मंसिर ४ गते ०:५९ मा प्रकाशित

एक संघीय न्यायाधीशले बुधवार ट्रम्प प्रशासनलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गरेका बच्चाहरूलाई बिना कसैको साथ नलगाई देश निकाला (निर्वासन )नगर्न र रोक्न आदेश दिएका छन ।

न्यायाधिशले सीमामा कोरोनाभाइरस महामारीको उच्च वृद्धि बढेकोले त्यसो नगर्न आदेश दिएका हुन । वाशिंगटन डिसीका संघीय जिल्ला अदालतका न्यायाधीश एम्मेट सुलिवानले होमल्याण्ड सिक्युरिटी डिपार्टमेन्ट (डीएचएस) को बिरुद्ध क्लास एक्सन लसुट (सामुहिक मुद्धा )मुद्धामा प्राथमिक आदेश(निषेधाज्ञा) जारी गरेका छन् ।

उक्त मुद्धा १६ बर्षका ग्वाटेमालाका युवा मुद्दा दायर गरेका थिए । उनलाई निर्वासित गर्ने सूचीमा राखिएको थियो भने उनि अगस्तमा अमेरिका आएका थिए ।

ट्रम्प प्रशासनले यस वर्षको सुरुमा एउटा नयाँ निष्कासन प्रक्रिया लागू गरेको थियो । र कोरोनाभाइरस महामारीको उल्लेख गर्दै सीमा अधिकारीहरूले कुनै पनि प्रक्रियात्मक प्रक्रिया बिना नै हटाउनेलाई चुनौती दिएमा नाबालिगहरूलाई देश निकाला गर्नको लागिअनुमति दिएको थियो ।

गत मार्चमा नयाँ प्रणाली लागू भएदेखि ट्रम्प प्रशासनले कम्तिमा ८,८०० बालबालिकाहरूलाई निर्वासनमा लगेको अदालतले उल्लेख गरेको छ।

पूर्व राष्ट्रपति क्लिन्टनले नियुक्त गरेका सुलिभनले बुधबार आफ्नो आदेशमा भने कि वादीले मुद्दा चलाउन सफल हुने सम्भावना छ किनभने उनी सरकारको तर्कमा विद्यमान सार्वजनिक स्वास्थ्य कानूनमा गैरकानुनीहरुलाई देश निकाला गर्ने अधिकार छ भन्नेमा शंका छ।

श्रोत :द हिल

प्रतिक्रिया