सोमबार, मंसिर १५ २०७७
काठमाडौं ०५:०३
वासिङटन डिसी 18:18

मेरिल्याण्डमा नेपाली महिलाको दुखद निधन

इनेप्लिज २०७७ कार्तिक ११ गते २२:२७ मा प्रकाशित

इनेप्लिज समाचारदाता । वाशिंगटन डिसी। अमेरिकाको मेरिल्याण्ड राज्यमा एक महिलाको दुखद निधन भएको समाचार ईनेप्लिजलाई प्राप्त भएको छ । प्राप्त समाचार अनुसार मेरिल्याण्ड बस्दै आउनु भएकी अन्दाजी ६० बर्षिय महिलाको आज बिहानै मृत अवस्थामा फेला परेको बुझिएको छ ।

घर भित्र संगै सुत्नु भएका श्रीमानले नभेटेपछि सवै परिवार उठेर खोज गर्दा उहॉको पहिले नै निधन भै सकेको अवस्थामा भेटिनु भएको थियो ।

तुरुन्तै ९११ को टोली आइपुगेको भए पनि उहॉलाई थप उपचार गर्न नसकिने भन्दै मृत घोषणा गरेको थियो ।

श्रोतका अनुसार स्थानीय प्रहरी प्रशासनले आवश्यक प्रारम्भिक अनुसन्धान पछि दाहसंस्कार अगाडि बढाउन मृतकको शवलाई स्थानीय दाहसंस्कार गृहमा राख्न परिवारका सदस्यहरुलाई अनुमति दिएको छ ।

बडादशैंको बीचैमा यस्तो दु:खद घटनाबाट गुज्रिएको परिवारप्रति हार्दिक सहानुभूति र समवेदना ब्यक्त गर्दै इनेप्लिज परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

प्रतिक्रिया