बुधबार, मंसिर १० २०७७
काठमाडौं १४:०३
वासिङटन डिसी 03:18

दोस्रो ग्लोवल नेपाली फिल्म, म्युजिक, मिडिया एण्ड सोसल अवार्ड हुने

इनेप्लिज २०७७ कार्तिक ९ गते १४:१९ मा प्रकाशित

लभ एण्ड सपोर्ट फाउण्डेसन, अमेरिकाले दोस्रो ग्लोवल नेपाली फिल्म, म्युजिक, मिडिया एण्ड सोसल अवार्ड आयोजना गर्ने भएको छ ।

आँउदो २६ डिसेम्बरमा हुने उक्त अवार्डका लागि आवेदन खुल्ला गरिएको फाउण्डेसनका साँस्कृतिक संयोजक केदार उप्रेतीले भिडियो कन्फरेन्सगरि बताएका छन् ।

फाउण्डेसनले ति विद्याहरुमा लाईफटाइम अचिभमेन्ट अवार्ड सहित कुल २७ प्रतिभालाई नगद, ट्रफी र सम्मानपत्रद्धारा सम्मानित गर्ने तयारी गरेको छ । अमेरिकामा मुख्यालय रहेको उक्त फाउण्डेसनले सन् २०१८ मा अमेरिकाको नर्थ क्यारोलेना उत्त अवार्ड आयोजना गरेको थियो भने त्यसको समापन समारोह भने काठमाडौंमा सम्पन्न भएको थियो ।

कोभिड १९ को महाब्याधीका कारण यसपटक भने फाउण्डेसनले संक्षिप्त समारोहका साथ भर्चुअल माध्यमबाट अवार्ड वितरण गर्न लागेको पनि संयोजक उप्रेतीले बताए ।

अवार्ड वितरणको संक्षिप्त समारोह संयुक्त राज्य अमेरिकाको ओहायो राज्यमा आयोजना गरिने पनि उनले बताएका छन् ।

प्रतिक्रिया