आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०२:१६
वासिङटन डिसी 16:31

जर्जियामा १३ बर्षिय किशोरलाई घर अगाडी गोली हानी हत्या ,सदिग्ध फरार

इनेप्लिज २०७७ कार्तिक १ गते २:२७ मा प्रकाशित

अमेरिकाको जर्जियामा १३ बर्षिय किशोरलाई उनको आफ्नै घर अगाडी गोली हानी हत्या गरिएको छ । हाल सम्म सदिग्ध फरार रहेको प्रहरीले जनाएका छन् । जर्जियाको क्लेटन काउन्टीको रिभरडेल स्थित आफ्नै घर अगाडी गत बिहिबार अक्टोबर १५ का दिन उनको हत्या भएको हो ।

गत बिहिबार राती किशोर ब्रायन जाभालालाई गोली लागे पछि करिव ९:१५ राती प्रहरीलाई खबर गरिएको थियो । प्रहरीहरु त्यहा पुगे पछि उनको त्यही मृत्यु भएको घोषणा गरेका थिए ।

उन्का दाजुले कुनै कारण बिना मेरो भाईलाई गोली हानी हत्या गरिएको र उनलाई अनुहारमा गोली हानेको बताए । बन्दुकधारी संदिग्ध उनको घरमा आएको र केही नभनी गोली हानेका थिए ।

मृतक किशोरका मातापिता मेक्सिकोबाट हिँसाको कारण भागेर अमेरिका सुरक्षाका लागि आएका थिए ।

श्रोत :फक्स५न्युज

प्रतिक्रिया