बुधबार, साउन २० २०७८
काठमाडौं ०६:१९
वासिङटन डिसी 20:34

मेलानिया ट्रम्पले आफ्नो कोरोनाको बयान गर्दै छोरा ब्यारोन पनि कोरोनाबाट संक्रमित भएको खुलासा

इनेप्लिज २०७७ असोज २८ गते २३:५० मा प्रकाशित

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले आफ्नो कोरोनाको बयान गर्दै छोरा ब्यारोन पनि कोरोनाबाट संक्रमित भएको खुलासा गरेकी छिन। उनले कोभिड-१९ संग आफूले अनुभव गरेका र संघर्ष बारेमा व्हाइट हाउसको आधिकारिक संजालस्थलमा कुराहरु राखेकी छिन ।

दुई हप्ता अगाडी उनि कोभिड-१९ बाट संक्रमित भएकी थिइन् । आफ्नो बयान गर्ने क्रममा उनि र राष्ट्रपति डोनाल्ड ट्रम्पको १४ बर्षिय छोरा ब्यारोनलाई पनि कोभिड-१९ बाट संक्रमित भएको उल्लेख गरिन ।

उक्त समयमा व्हाइट हाउसले यस कुरा सावर्जनिक भने गरेको थिएन । हाल प्रथम महिला कोरोनालाई जितेकी छिन र संक्रमित मुक्त भै सकेकी छिन् । उनले राष्ट्रपति र मलाई भए पछि प्रारम्भमा ब्यारोनको जाँच गर्दा संक्रमित रहित नतिजा देखाएको थियो ।

राष्ट्रपति ट्रम्पले भने कुनै लक्षण नभएको र हाल संक्रमण मुक्त भै सकेको बुधबार पत्रकारहरुलाई जानकारी गराए।

मेलानियाले लक्षणहरूको बारेमा चर्चा गर्दै भनिन “लक्षणहरु न्यूनतम थिए, यद्यपि तिनीहरूले मलाई एकैचोटि आक्रमण गरे । उनको शरीरमा दुखाई ,खोकी, टाउको दुखई र एकदम थाकेको अनुभूति भएको बताइन ।

श्रोत : सिएनएन/एपी

 

प्रतिक्रिया