मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:१२
वासिङटन डिसी 08:27

नेपाली समाज ओरेगनले अमेरिकन रेड क्रसलाई एक हजार डलर अनुदान

इनेप्लिज २०७७ असोज ५ गते ०:१६ मा प्रकाशित

गत हप्ता ओरेगनमा भएको भिषण आगलागी बाट पिडित परिवारलाई अमेरिकन रेड क्रस ले पु -याई रहेको उद्दार कार्यलाई सहयोग पु-याउन नेपाली समाज ओरेगनले अमेरिकन रेड क्रसलाई अमेरिकी डलर एक हजार अनुदान स्वरुप उपलब्ध गराएको छ।सो अनुदान रकम नेपाली समाज ओरेगनका अध्यक्ष्य दया शाक्य र निबर्तमान अध्यक्ष्य भरत बास्कोटाले संयुक्त रुपमा अमेरिकन रेड क्रसको पोर्ट्ल्याण्ड स्थित कार्यालयमा गई सो कार्यालयका डोनर रिसोर्स म्यानाजर टिम लिप्पर्ट लाई आज हस्तान्तरण गर्नु भयो।

ओरेगनको कतिपय भागमा अझै पनि आगो नियन्त्रण भै नसकेको र हाल सम्म दुई हजार भन्दा बढि घरहरु उक्त जंगली आगलागी बाट नष्ट भएका छन्।उक्त अनुदान रकमको चेक हस्तान्तरण अबसरमा रेड क्रसका दाता श्रोत ब्यबस्थापक श्री लिप्पर्टले सबै नेपालीहरु लाई सहयोगको लागि हार्दिक धन्यबाद ब्यक्त गर्नु भएको छ।

प्रतिक्रिया