मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:२६
वासिङटन डिसी 08:41

न्यूयोर्कमा भएको गोलीकाण्डमा २ जनाको मृत्यु ,१४ जना घाइते

इनेप्लिज २०७७ असोज ३ गते ११:५२ मा प्रकाशित

न्यूयोर्कको रोचेस्टरमा भएको गोलीकाण्डमा २ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन । रोचेस्टर शहरको एक घरको पछाडी आँगनमा भएको भोजमा उक्त घटना घटेको हो ।

शनिबार बिहान उक्त घटना भएको रोचेस्टर प्रहरीले बताएका छन् । उक्त क्षेत्रमा गोली चले पछि १०० जना जति मानिस भागदौड गरेका थिए । कार्यबाहक प्रहरी प्रमुख मार्क सिमन्सले अत्यन्तै अराजक दृश्य भएको बताए ।

उक्त घटना रोचेस्टर पब्लिक मार्केट(जन बजार )छेउ भएको हो । अहिले सम्म प्रहरीले मृतकहरुको नाम सार्वजनिक गरेको छैन । प्रहरीले १८ र २२ बर्ष उमेर भएकाको निधन भएको जनाएका छन् ।

रोचेस्टर अधिकारीहरुले सामाजिक भेला गर्न र परिवारका सदस्यहरुलाई पनि सिमित गर्न मार्गदर्शन गरेको छ । साथै उनीहरुको आधिकारिक संजाल(वेब साइट )मा जन्म दिवस,बिबाह तथा बनभोज जस्ता कार्यक्रम गर्न बन्देज गरेको समेत उल्लेख छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया