बुधबार, असोज ७ २०७७
काठमाडौं ०६:३०
वासिङटन डिसी 20:45

टेक्सस ड्यालसमा कर्तव्यमा नभएका प्रहरीमाथि छातीमै गोली प्रहार

इनेप्लिज २०७७ साउन २६ गते २२:४४ मा प्रकाशित

टेक्सस राज्यको ड्यालस शहरमा एक कर्तव्यमा नभएका (अफ ड्युटी)मा रहेका प्रहरीमाथि गोली प्रहार भएको छ ।

ड्यालस प्रहरीमा कार्यरत उक्त प्रहरी आफ्नी पत्नीसंग काममा नभएको समयमा फोर्ट वर्थ स्टकयार्डमा पत्नीले बोकेको मुद्रा थैली( पर्स)लाई संदिग्ध व्यक्तिहरुले बलपूर्वक खोस्ने  प्रयास गरेका थिए ।

मुद्रा थैली ताने पछि प्रहरीले दुई जना व्यक्तिसंग कुटाकुट गरेका थिए । दुई जना मध्ये एकले प्रहरीको छाती छेउमा गोली हानी फरार भएका थिए । यसै शिलशिलामा लुटपाट गर्ने एक संदिग्धलाई पक्राउ गरेको छ भने दोश्रो संदिग्ध अझ फरार नै रहेका छन ।

घाइते भएका प्रहरी अधिकारीलाई अस्पताल लागिएको छ ।

श्रोत :फक्स४ न्युज डटकम

प्रतिक्रिया