मंगलबार, साउन २० २०७७
काठमाडौं ०७:०९
वासिङटन डिसी 21:24

मेरिल्याण्डका गभर्नर होगनद्वारा जनउपयोगी सेवा बिच्छेद गर्न र बिलम्ब दस्तुर लिन नपाइने भन्दै कार्यकारी आदेश

इनेप्लिज २०७७ साउन १७ गते १:३१ मा प्रकाशित

मेरिल्याण्डका गभर्नर ल्यारी होगनले महामारीको समयमा जनउपयोगी सेवा(युटिलिटी)बिच्छेद गर्न र माषिक दस्तुर तिर्न बिलम्ब भएमा जरीवाना स्वरुप दस्तुर लिन नपाइने भन्दै कार्यकारी आदेश जारी गरेका छन् ।

जनउपयोगी सेवा उपलब्ध पोषणकर्ताहरुले जन साधारणका लागि सेवा गराई रहेका बिजुली,पानी,दूर संचार आदि इत्यादिलाई कटौती र बिलम्ब दस्तुर कम्तिमा पनि सेप्टेम्बर १ सम्म लिन नपाइने भएको छ ।

गभर्नर होगनले जुलाई ३१ शुक्रबारका दिन उक्त कार्यकारी आदेश जारी गरेका हुन् । यसले बेरोजगारी भएकालाई केही हद सम्म राहत हुने विश्वास गरिएको छ । होगनले गत मार्चमा कोरोना महामारीको कारण कामदारहरु धमाधम निकाल्ने र जागिर जानेको संख्या वृद्धि भए पछि कार्यकारी आदेश जारी गरेका थिए ।

आगामी सेप्टेम्बर १ सम्म होगनले घोषित गरेको आपतकालको राज्यको म्याद सकिने भएको छ । होगनले अझ पनि समय विस्तार गर्न सक्दछन भनि डब्लुटिओपीले समाचार लेखेको छ ।

मेरिल्याण्डमा करिव २ लाख ९२ हजार घर परिवार भाँडा तिर्न असमर्थ छन भनि एक लेखा पद्धति व्यवसायले उक्त कुरा उल्लेख गरेको छ । गत हप्ता नै संघिय शुल्क स्थगन गर्न हटाउने समय समाप्त भएको थियो ।

होगन प्रशासनले कोरोनाभाइरस महामारीबाट प्रभावित मेरील्याण्डवासीलाई बेदखल हुनबाट रोक्न मद्दत गर्न ३० मिलियन(३ करोड डलर) कोष दिने प्रतिबद्धत गरेको छ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया