बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:४६
वासिङटन डिसी 07:01

नेपाली पत्रकारहरुको सहयोगार्थ इन्जा अभियान अन्तर्गत अहिलेसम्ममा ६ हजार डलर जम्मा

इनेप्लिज २०७७ साउन ९ गते ३:३९ मा प्रकाशित

 

डिसी । कोरोना महामारीका कारण आर्थिक संकट वेहोर्न वाध्य भएका नेपाली पत्रकारहरुको सहयोगार्थ नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले सुरु गरेको अल्पकालिन अभियान अन्तर्गत विहीवार राति १० वजेसम्ममा ६ हजार डलर जम्मा भएको छ । इञ्जाको गोफन्ड खातामा ५ हजार ७ सय २८ डलर जम्मा भएको छ भने वांकी रकम इञ्जाको वैंक खातामा जम्मा भएको छ ।

कोरोना महामारीको कारण आम्दानी कम भएको भन्दै नेपालका सयौं सञ्चार माध्यमहरु अकस्मात वन्द भइदिंदा र सञ्चालनमा रहेका सञ्चार माध्यमले पनि सञ्चारकर्मीलाई निस्कासित गरिंदिंदा वा कार्यरत कर्मचारीलाई तलव नदिइदिंदा करिव २ हजार सञ्चारकर्मीहरुले आर्थिक संकट वेहोरिरहेको प्रारम्भिक प्रतिवेदनहरुले देखाएका छन् ।

राज्यको चौथो अंगको रुपमा रहेको सञ्चार जगत र सञ्चारकर्मी कमजोर हुंदै जांदा यसले नेपालको सुशासन र प्रजातन्त्र समेत कमजोर हुंदै जाने समेत खतरा वढ्दै गएकोले सञ्चारकर्मीहरुलाई अल्पकालिन राहत दिन इञ्जाले अभियान सुरु गरेको हो ।

इञ्जाले सुरु गरेको अल्पकालिन अभियान अन्तर्गत चौथो दिन गोफन्डमार्फत सहयोग गर्नेहरुमा  साहित्यकार गोविन्द गिरी प्रेरणा १५१ डलर, समाजसेवी मनिष पोखरेल १११ डलर, अमेरिकी ट्याक्स विज्ञ राजन अधिकारी र दीपा अधिकारी १०१ डलर, अमेरिका नेपाल सोसाइटी (एएनएस)का पूर्व अध्यक्ष डा.ठाकुर पुडासैनी र सावित्रा पुडासैनी ६१ डलर, पण्डित तथा साहित्यकार पिपलमणि सिग्देल ५१ डलर, अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष केदार तिम्सिना ५१ डलर, पत्रकार कृष्ण थापा ५१ डलर, मोडेल कला न्यौपाने ५१ डलर, समाजसेवी लक्ष्मी श्रेष्ठ ५१ डलर, नेपाल अमेरिका पत्रकार संघ (नेजा)का पूर्व अध्यक्ष भोला आचार्य ५० डलर, सिभिल इन्जिनियर तथा फुटवल खेलाडी अलेक्स वस्नेत ५० डलर, जर्ज म्यासन युनिभर्सिटीकी विद्यार्थी सितल लुइटेल २५ डलर, सागर सुवेदी २५ डलर, थुप्रै विश्व रेकर्ड वनाउन सफल खेलाडी उज्ज्वल ठकुरी २१ डलर हुनुहुन्छ भने थुप्रै दाताहरुले आफ्नो नाम उल्लेख गर्न चाहनु भएको छैन ।

महामारीका कारण आर्थिक संकट वेहोरिरहेका नेपाली पत्रकारहरुलाई लेखनवृत्तिका रुपमा प्राप्त हुने अल्पकालिन सहयोग लिनका लागि इञ्जाको नेपाल कार्यालयमा सम्पर्क गर्न वा इञ्जाको वेवसाइटमा रहेको फारम भर्न समेत इञ्जाले आह्वान गरेको छ ।

यसअघि सहयोग गर्ने दाताहरु

इञ्जाले आह्वान गरेको विश्वव्यापी अभियान अन्तर्गत तेस्रो दिन सहयोग गर्नेहरुमा इञ्जा कार्य समिति सदस्य समेत रहेका वीमा विश्लेषक तथा व्यवसायी डोव ढकाल ५५५ डलर, सगुन डटकमका सहसंस्थापक तथा रियल्टर कविन्द्र सिटौला १५१ डलर, नाम उल्लेख गर्न नचाहने एक व्यक्ति १५० डलर, प्रा.डा. गोपी उप्रेति ११० डलर, एएनएका अध्यक्ष खगेन्द्र अधिकारी १०२ डलर, वरिष्ठ पत्रकार राम सी खरेल १०१ डलर, नरेश उप्रेति १०१ डलर, पत्रकार शिव विष्ट १०१ डलर, रियल्टर निशेष भट्टराई १०१ डलर, इन्जिनियर शंकर पन्त १०० डलर, रेशु शर्मा र भाइ राहुल शर्मा १०० डलर, निकिता चापागाइ र सूर्य चापागाइ १०० डलर, डा. कल्पना सत्याल ५१ डलर, समाजसेवी परशुराम भण्डारी ५१ डलर, पत्रकार सुनिल हुमागाइ ५१ डलर, डोलनाथ घिमिरे ५१ डलर, आदर्श नेपाली समाजका अध्यक्ष तोया पौडेल र कमला पौडेल ५१ डलर, श्रीओम कीर्तन मण्डली भर्जिनियाका रुद्र ढुंगेल ५१ डलर, क्यानडावाट पत्रकार वद्री तिम्सिना ५१ डलर, क्यालिफोर्नियावाट द वल्र्ड नेपाल न्युज ५१ डलर, वासिङटन डिसी स्थित एमाजोनका अपरेशन म्यानेजर  निक दाहाल ५० डलर, समाजसेवी ध्रुव सिलवाल २५ डलर, सुशिल अर्याल २५ डलर, अनेशासका महासचिव सर्वज्ञ वाग्ले २५ डलर, गायक मुरारी गुरागाइ २५ डलर, र पत्रकार ज्योति कुमार श्रेष्ठ २५ डलर हुनुहुन्छ ।

गोफन्डमा दोश्रो दिन सहयोग गर्नेहरुमा वरिष्ठ पत्रकार योगेश उपाध्याय १०० डलर, वरिष्ठ पत्रकार टंक पन्त १०० डलर, भर्जिनिया निवासी समाजसेवी सुनिता खत्री १०१ डलर, नेपालका लागि प्रवासी नेपालीहरुको अभियानका अभियन्ता तथा अनेरास्ववियुका पूर्व उपाध्यक्ष थोमस वास्तोला १०० डलर, भर्जिनिया निवासी विनय लुइटेल १०१ डलर, साइवर सेक्युरिटी इन्जिनियर सार्थक दाहाल १०१ डलर, जर्ज म्यासन युनिभर्सिटीमा मास्टर्स गरिरहेका रायन दाहाल १०१ डलर र मुकुन्द कोइराला २५ डलर हुनुहुन्छ ।

गोफन्ड खाता सुरु भएको दिननै सहयोग जम्मा गर्नेहरुमा गुणराज लुइटेल र सीता लुइटेलले ५०१ डलर, सुनिल मणि दाहालले ५०१ डलर, गीतकार तथा समाजसेवी अम्विका गुरुङले १ सय १ डलर, विष्णु पौडेल १०० डलर, सुश्मा दाहाल १०१ डलर, विश्वराज थापा १०१ डलर, किशोर सापकोटा १०० डलर, भुपेन थापा ७५ डलर, तृषा दाहाल ५१ डलर र देवराज न्यौपाने ५१ डलर हुनुहुन्छ ।

प्रारम्भिक प्रतिवेदनहरुले नेपालवाट प्रकाशित तथा प्रसारित हुने ७ सय भन्दा बढी संचार माध्यमहरु कोभिड १९ को कारण पूर्णत संचालनमा नरहेका देखाएको छ । सञ्चार माध्यमहरु वन्द हुने तथा सञ्चालनमा रहेका सञ्चार माध्यमहरुले वजार तथा विज्ञापनमा ह्रास आएको कारण देखाउंदै पत्रकारहरुलाई निस्कासन गर्ने, वेतलवी विदामा वस्न दवाव दिने तथा कार्यरत पत्रकारहरुलाई यसअघि पाइरहेको तलवमा ५० प्रतिशत भन्दा वढी कटौति गर्ने गर्दा देशभरमा २ हजार र राजधानी काठमाडौंमा मात्रै ५ सयको हाराहारीमा पत्रकारहरुको दैनिक जीवन यापनमा समस्या भएको छ ।

अभियानको अल्पकालिन सहयोगका लागि इञ्जाले आइतवार गोफन्डमा १ लाख अमेरिकी डलरको लक्ष्य राखेर खाता खोली सहयोगका लागि अपिल गरेको थियो ।

इञ्जाले गोफण्डवाट मात्र नभइ व्यक्तिगत र संस्थागत रुपमा पनि सहयोग स्वीकार गर्ने भएको छ । गोफन्ड खातामा संकलित रकम सोझै समस्यामा रहेका संचारकर्मीहरुलाई एउटा पारदर्शी माध्यमबाट प्रदान गर्न इञ्जाले नेपाल पत्रकार महासंघका पूर्व सभापति तथा फ्रिडम फोरमका अध्यक्ष वरिष्ठ पत्रकार तारानाथ दाहाल, वरिष्ठ पत्रकार तीर्थ कोइराला र इञ्जा एशियाका अध्यक्ष टंक पन्त रहेको एक समिति गठन गरेको छ ।

तल उल्लेखित गोफन्ड लिंकमा क्लिक गरेर कोरोना महामारीका कारण जागिर गुमाएर आर्थिक संकटमा परेका नेपाली पत्रकारहरुका लागि सहयोग गर्न सकिनेछ ।

https://www.gofundme.com/f/support-nepali-journalists-impacted-by-covid19

 

प्रतिक्रिया