आइतबार, साउन २२ २०७९
काठमाडौं २२:५१
वासिङटन डिसी 13:06

भारतको झारखण्डमा कोरोनाबाट संक्रमित आमाको अर्थीलाई काँधमा बोक्ने ५ जना छोराहरुको मृत्यु

इनेप्लिज २०७७ साउन ८ गते २२:२१ मा प्रकाशित

भारतको झारखण्डमा कोरोनाबाट संक्रमित आमाको अर्थी काँधमा बोक्ने ५ जना छोराहरुको मृत्यु भएको छ । झारखण्डको धनबाद शहरमा उक्त दुखद घटना हुन् पुगेको छ ।

८८ बर्षिय आमा कोरोनाबाट संक्रमित भै मृत्यु भएको थियो । गत सोमबार ५ औ छोराको समेतको ज्यान गएको छ । पाचौ छोरालाई राँचीको रिम्स अस्पतालमा भर्ना गरिएको थियो । उनलाई पनि बचाउन सकिएन ।

५ छोराहरुकी आमा गत जुन २७ को दिन नातीको बिहेमा दिल्लीबाट धनबादको कतरासमा पुगेकी थिइन् । त्यहा पुगे पछि उनि अस्वस्थ्य भएकोले कोरोनाको जांच गर्दा संक्रमित भएको पुष्टि भएको थियो ।

अस्पतालमा भर्ना भए पछि उपचार कै क्रममा उनको मृत्यु भएको थियो । आमालाई ५ जना दाजुभाईले बोकेर शवदाह गृहमा पुर्याएका थिए । त्यस पछि २ जना छोराहरु संक्रमित भएका थिए । उनीहरुको पनि उपचार मै मृत्यु भएको थियो । त्यसको केही दिन पछि २ जना छोराहरुमा पनि संक्रमण देखिन थालेको थियो । उनीहरुलाई पनि उपचार गर्ने क्रममा बचाउन सकिएन ।

अन्त्यमा पाचौ छोरा गत सोमबार कोभिड-१९ बाट मृत्यु भएको छ । उक्त दुखद घटना केवल १५ दिन भित्र एउटा परिवार तहस नहस भएको छ । उनीहरुको सबै भन्दा गल्ति उक्त दाह संस्कारघर आईसीएमआरले जारी गरेको दिशा निर्देशलाई पालना नगरी सामान्य तरीकाले गर्दा उक्त पीडादायिक घटना हुन् पुगेको छ ।

श्रोत :जीन्युजइन्डिया/ अमर उजाला

प्रतिक्रिया