सोमबार, असोज ११ २०७८
काठमाडौं ०२:४५
वासिङटन डिसी 17:00

ज्याक्सनभिलले खुल्ला गर्यो समुद्रीतट

समुद्रीतटमा दौडिने, हिड्ने, वाइक चलाउने वा पौडिने वाहेकका गतिविधिहरु भने गर्न नपाइने

इनेप्लिज २०७७ वैशाख ५ गते २१:३७ मा प्रकाशित


ज्याक्सनभिल, फ्लोरिडा । कोरोना संक्रमणलाई वढ्न नदिन वन्द गरिएका समुद्री तटहरु खुल्न थालेका छन् । आज सांझ ५ वजेवाट फ्लोरिडाको ज्याक्सभिलले समुद्रीतट खुल्ला गरेको छ ।

शारिरीक अभ्यासका लागि भनेर विहान ६ देखि ११ वजेसम्म र वेलुका ५ देखि ८ वजेसम्म समुद्रीतट खुल्ला गरिएको हो । अमेरिकामा स्टे एट होम अर्डरका विरुद्ध प्रदर्शन सुरु भइरहेको र केही राज्यहरु स्टे एट होम अर्डरलाई लचिलो वनाउंदै लैजाने पक्षमा देखिएको वेला ज्याक्सनभिलले समुद्रीतट खुल्ला गरिदिएको हो ।

ज्याक्सनभिलले आफ्नो वेवसाइटमा खुल्ला समयमा समुद्रीतटमा दौडिने, हिड्ने, वाइक चलाउने वा पौडिने वाहेकका गतिविधिहरु भने गर्न नपाइने उल्लेख गरेको छ । ज्याक्सनभिलले तोकेर नै घाममा पल्टने र समुहगत कुनै क्रियाकलाप गर्ने कुरामा वन्देज लगाउंदै तटमा तौलिया, व्लांकेट, कुलर र ग्रिल भने लान नपाइने उल्लेख गरेको छ ।

प्रतिक्रिया