मंगलबार, साउन २० २०७७
काठमाडौं ०८:१२
वासिङटन डिसी 22:27

यति गर्दागर्दै कसैले बुझ्दैन भने राज्यले बुझाउँछ- ईश्वर पोखरेल

इनेप्लिज २०७६ चैत १३ गते ११:०० मा प्रकाशित

काठमाडौं, १३ चैत्र । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको सक्रियता निकै बढेको छ । कोरोना भाइरसको जोखिमबाट देश र जनतालाई जोगाउन उनी अहोरात्र खटिएका छन् । पोखरेलले सरकारले आवश्यकता अनुसार थप कडा कदम चाल्ने समेत बताएका छन् । पोखरेलसँग ऋषि धमलाले गरेको विशेष कुराकानीः
अहिलेको अवस्थाबाट पार पाउन नेपाल सफल हुन्छ ?
सरकार कर्तव्यका साथ लागिरहेको छ । र, यो कर्तव्य पुरा गर्न जे उद्देश्य राखिएको छ, त्यसमा सफल हुन्छौं । यो लडाइमा हामी क्षति हुन दिँदैनौं, क्षति भइहाले पनि अत्यन्तै न्यून ढंगले मात्रै हुन्छ ।
लकडाउनमा सरकारको कमीकमजोरी के देख्नुभयो ?
यति बेला सरकारले गरेका कामहरु जनताकाबीचमा छन् । यस्तो अवस्थामा काम गर्दै जाँदा केही कमीकमजोरीहरु भएका होलान् । तर, मूख्य कुरा भनेको आज गर्नुपर्ने काम हामी गरिराखेका छौं कि छैनौं प्रश्न त्यहाँनेर छ । अहिले विभिन्न व्यक्ति, समुदाय, दल, सर्वसाधारण सबैको साथ सहयोग सरकारलाई छ । यो लडाईं भनेको कुनै पार्टीविशेष, दलविशेष र सरकारको मात्रै होइन । सबैको हो सबै एकताबद्ध भएर मानवमात्राको रक्षाको लागि लड्नुपर्ने आवश्यकता छ, त्यसको लागि दत्तचित्त भएर लागेका छौं ।
नेपालमा संक्रमितको कुरा फेरि आज नेपालमा एकजनालाई देखियो, सरकारले त्यतातिर ध्यान पु¥यायो ?
कोरोना भाइरस कस्तोखालको रोग हो भन्नेमा हामी सबै जानकार छौं । यसमा मुख्य कुरा त हाम्रो सीमानाहरु सबै खुला छ । फेरि विश्वमा धेरै पैmलिइसक्दा पनि हाम्रोमा आवतजावत रह्यो । वैदेशिक रोजगारीदेखि अनेक खालका सम्बन्ध, सम्पर्कहरु पनि छन् । त्यसकारणले यसको प्रकोप देखियो । फेरि सुरुमै यो खालका बिमारीहरु एकैचोटी देखापर्दैन । त्यसकारण पनि केही संक्रमितहरु देखिएका छन् । हाम्रोमा केही संक्रमित देखिएपनि तीमध्ये केही उपचार भएर पनि फर्किएका छन् । जो अहिले उपचारका लागि भर्ना छन्, उनीहरु पनि सकुशल निस्किन्छन् । त्योभन्दा बाहेकको दुर्भाग्यको पनि सामना गर्नुपर्ने हुन सक्छ । तर, हाम्रो कोसिसले विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने, संकास्पदहरुलाई त्यहीअनुसार निगरानीमा राख्ने व्यवस्था गर्ने । कोरोना भाइरसलाई नै टार्गेट गरेर विभिन्न हस्पिटलहरु निर्माण गरेका छौं । त्यहाँ काम सुरु हुने अवस्थामा पुगिसकेको छ, त्यसको लागि हामीले कामको थालनी गरिसकेका छौं । सकेसम्म संक्रमित हुन नदिने यतिहुँदाहुँदै पनि संक्रमित भइहाले भने थोरै संख्यामा हुनेछन् । तिनलाई छिटोभन्दा छिटो सबैलाई उपचारको व्यवस्था गर्ने छौं ।
तपाईंले यसो भनिरहँदा पनि जनतामा सन्त्रास छ नि ?
यसमा संक्रमितको संख्या बढ्दैन भन्ने होइन । पहिला १ थियो, २, ३ हुँदै गएको छ । तर, सकेसम्म संक्रमितहरु नथपिने गरी सजगता अपनाउने छौं । देखिइहालेका लागि पनि सजगतताका साथ समयमै उपचार गर्नेतिर लागेका छौं ।
तर, डाक्टरहरुलाई इक्युप्मेन्ट नै छैन भन्ने गुनासो छ नि ?
यसभन्दा पहिलो यस्तो संक्रमण ल्याउँछ भन्ने कसैलाई अन्दाज थिएन । त्यो हामीलाई मात्रै होइन संसारका कुनै मुलुकलाई यस्तो खालको समस्या हुन्छ भन्ने थाहा थिएन । त्यति थोरैतिनो गुजारा चलेकै थियो । यदि भएन भने बाहिरी देशबाट ल्याउँदा पनि हुन्थ्यो । अहिले त त्यो स्थिति पनि रहेन । एकाएक यो स्थिति आइसकेपछि यसको रिक्ततालाई कसरी परिपूर्ति गर्ने भनेर केही सोच सरकारले बनाएको छ । अहिले पीपीई, किट, माक्सलगायत अरु स्क्यानरहरुको पनि आवश्यकता छ । यी चिजहरु शनिबारसम्ममा आइपुग्छ । त्यस्तै प¥यो भने बिमान चार्टर्ड गरेर त्यो चिज जहाँ पाइन्छ त्यहाँ गएर ल्याउन हामी तयार छौं ।
पीपीई र किटहरु आउँदो शुक्रबारसम्ममा ल्याउँदै हुनुहुन्छ हो ?
यी चिजहरु अहिले कुनै देशमा गएर बजारमा जानेबित्तिकै पाइँदैन, जोरजाम गर्नुपर्छ । हो, त्यही जोरजाम गरेर ल्याउनेमा पुगिसकेको छ । आज स्वास्थ्यमन्त्रालयले त्यसको एग्रिमेन्ट पनि गर्छ । त्यो एकदमै सेटेन्ट समयमा ती सामानहरु ल्याइन्छ । ती चिजहरु आइसकेपछि केन्द्रलगायतका प्रदेशका स्वास्थ्य संघहरुमा पनि उपयोग गर्दछौं ।
अब कुनै पनि चिकित्सकहरुलाई सामग्रीहरुको अभाव हुँदैन हो ?
अहिलेसम्म जे–जति अभाव रह्यो । अबदेखि त्यो अभाव हुन दिँदैनौं ।
त्यसको लागि सरकार कम्मर कसेर लागेको छ ?
जस्तोसुकै मुख्य चुकाएर भएपनि त्यो अभाव पूर्ति गर्नुपर्छ भनेर सरकार लागेको छ ।
तपार्इंं अहिले मुख्यमन्त्रीहरुसँगको छलफलमा मात्रै हुनुहुन्छ, काम त गर्नसक्नुभएको छैन नि ?
हिजोसम्मको अवस्था देशभर एउटै मात्र ल्याब थियो काठमाडौंको टेकूमा । त्यसपछि देशका विभिन्न ठाउँबाट ल्याब टेष्ट गर्नुपर्ने जरुरत भयो । परीक्षणको लागि काठमाडौंमा ल्याउनुपर्ने अवस्था आजसम्म पनि । अब त्यसलाई धरान, पोखरा र नेपालगन्जमा अभिलम्ब तयारी गर्ने छौं । त्यसका पूर्वाधारहरु केही बनाइसकेका छौं । केही बाँकी छन् त्यो सुरु गर्छौ । त्यो तयार नहुन्जेल पश्चिममा नेपालगन्ज, पूर्वमा विराटनगर दैनिक उडान गरेर स्याम्पल टेष्टहरु ल्याउँछौं । र, यहाँ त्यसको परीक्षण हुन्छ । नेपालगन्ज र धरानमा ल्याब स्थापना भएपछि त्यहीं भइहाल्छ । अर्को अहिलेसम्म जुन सामाग्रीको अभाव त्यो यो हप्ताभित्रमा ल्याउँछौं ।
सातै प्रदेशमा ल्याब स्थापना गर्न सकिँदैन ?
हाम्रो पहिलो प्राथमिकता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपालगन्ज र पोखरामा हुनेछ । ती रिजन ठाउँ पनि हुन् । यो काम चाहीं हामी छोटो समयमै टुंग्याउँछौं ।
अहिले धेरै मानिसहरु विदेशबाट आए, भारतबाट पनि ठूलो संख्यामा आए अब तपाईंहरुले उनीहरुको चेकजाच गर्न सक्नुहुन्छ ?
त्यसरी आएका दाजुभाइ दिदीबहिनीको रक्षा गर्नु हाम्रो कर्तव्य हो त्यो पुरा गछौं । विभिन्न देशमा अन्य देशबाट पढाइ, पेशा, व्यवसाय, घुम्न अन्य देशका नागरिकहरु गएका हुन्छन् । त्यहाँ भइरहेका जुनसुकै देशका नागरिक भए पनि यस्तो बेलामा सुरक्षा गर्ने त्यही देशको कर्तव्य हुन्छ । यसमा जुन देशमा अन्य देशका नागरिकहरु छन् । तिनको रक्षा गर्ने काम त्यही देशका नागरिकसरह त्यो देशले गर्नुपर्ने हुन्छ । यस्तो बेलामा भारतमा रहेका हाम्रो नेपाली दिदीबहिनी दाजुभाइ जसरी आउनुभयो । त्यस्तो नहुनुपथ्र्यो भन्ने लाग्छ हामीलाई । तर, आउनुभयो उहाँहरुलाई देशभित्र ल्याउने कुरा पहिलो कर्तव्य हाम्रो हो । दोस्रो कुरा अब त्यसरी आउने नागरिकको लागि उहाँहरुको परिचय र डिटेल ठेगानाको आधारमा जुन प्रदेशको नागरिक हो त्यो प्रदेशलाई हस्तान्तरण गर्ने हिसाबले टू टी प्वाइन्टबाट त्यो प्रदेश सरकारलाई जिम्मा लगाउँछौं । दोस्रो कुरा ती प्रदेशहरुमा १४ दिनसम्म उहाँहरुले क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । त्यसको व्यवस्था प्रदेश वा स्थानीय सरकारले गर्ने छ ।
गड्डाचौकीबाट आउने नेपालीहरुलाई क्वारेन्टाइनमा राख्नुहुन्छ ?
त्यहाँबाट आउने नेपालीहरु कुनै जिल्ला वा प्रदेशका मात्रै होइनन् । धेरै नेपालीहरु भारतमा कार्यरत छन् । त्यो प्रवेशद्वार भएकाले त्यहाँ धेरै देखिएको हो । ती विभिन्न प्रदेशका छन् । उनीहरुको ठेगानाको आधार सम्बन्धित प्रदेशलाई ह्यान्डओभर गरेका छौं ।
त्यसोभए विदेशबाट आएका सबै नेपालीहरु क्वारेन्टाइनमा बसेका छन् ?
बस्नुपर्छ, बसेका छन्, हामीले त्यसको अनुगमन गरिरहेका छौं ।
त्यसोभए हाम्रो देशमा संक्रमण पैmलिँदैन भन्ने सरकारको ठम्याई हो ?
देखिएका मान्छेहरुबाट मात्रै संक्रमण हुने होइन । यहाँ त अनेकखालका संक्रमणको स्थिति छ । त्यसकारण यसमा सजगताको जरुरी छ । यसमा सरकारको मात्रै होइन आमनागरिकको सचेतना आवश्यक छ । राज्यले त समन्वयको भूमिका खेल्ने मात्रै हो । हरेक नागरिकले आफ्नो बानीमै परिवर्तन ल्याउन जरुरी छ ।
लकडाउन कति समय चल्छ र यसमा सरकारको कदम कति सफल भएको छ ?
यो कुनै सरकारको कार्यक्रममा लागु गर्नका लागि ल्याइएको कुरा होइन । यो सिंगै मुलुकका जनताको हितको लागि चालिएको कदम हो । यो त ऋषि धमलाको परिवार, ईश्वर पोखरेलको परिवारको मात्रै कुरा होइन नि । यो मुलुक र आमजनताको हितको लागि हो । अर्को यति दिन टुंगिने भन्ने होइन । हिजो मात्रै भारतीय प्रधानमन्त्रीले तीन हप्ताको लागि घोषणा गर्नुभएको छ । त्यो परिस्थितिको विश्लेषण गरेर घोषणा गर्नुभएको हो । हामीले भारतले घोषणा र त्यसपछिको विकसित अवस्थालाई सुक्ष्म ढंगले हेर्नुपर्छ ।
भारतमा त २१ दिनको लागि भनिएको छ, नेपालमा के हुन्छ ?
अहिले ११ गतेदेखि १८ गतेसम्मको जुन घोषणा छ । दिनदिनै यसको विकासको बारेमा राम्रो अध्ययन गरिरहेका छौं । त्यसपछि संक्रमणको स्थिति हेर्छौं । त्यसपछि राज्यको जे घोषणा गर्नुपर्ने त्यो हुन्छ । फेरि यो लकडाउन कतिसम्म लानुहुन्छ ? भनेर सोध्ने विषय होइन । कुनै राजनीतिक व्यक्तिले फैसला गर्ने विषय होइन । संक्रमणको गम्भीरतालाई हेरेर गरिन्छ ।
तपाईंहरुलाई जनताले लकडाउन बढाउनुपर्छ भने के गर्नुहुन्छ ?
यो जनताको चाहना अनुसार गरिएको होइन । यो त आवश्यकता हो । नेता, सरकार, पार्टी, जनताको चाहनाको कुरा होइन । यहाँ कसैले चाहोस् वा नचाहोस् यदि परिस्थितिमा गम्भीरता भयो भने हुन्छ ।
कफ्र्यूसम्म जान सकिन्छ ?
तपाईं स्वरुप खोज्नुहुन्छ कि सार ? सार चाहीं खोज्नुस् । यसमा जनताले भेटघाट, घुमफिर, लापरबाही गरिरहे भने संक्रमण पैmलिन सक्छ । त्यसकारण हामीले चाहेको कफ्र्यू भन्दा पनि जनता आफ्नै घरमा सुरक्षित ढंगले बसुन् । घरबाट बाहिर नआउन् । सोसल डिस्ट्यान्स कायम भइरहोस् । ताकि संक्रमण नफैलियोस् खोजेको यो हो नि । आज भरखर तीन दिन भएको छ, त्यसलाई कसरी पालना भएको छ भनेर परिस्थितिको मूल्यांकन गरेर अगाडि बढ्छौं ।
लकडाउनमा तपाईंको निर्णयलाई जनताले माने हो ?
यसमा जनताले माने भन्दा पनि यो आवश्यकता थियो । त्यसलाई जनताले बुझेका छन् । यति गर्दागर्दै कसैले बुझ्दै भने राज्यले बुझाउनुपर्छ ।
त्यसोभए कफ्र्यूसम्म जाँदैन ?
नबुझ्नेलाई राज्यले बुझाउँछ भनेको छु मैंले । त्यही बुझ्नुहोस् तपाईं ।
यो अवस्थामा कालाबजारी सलबलाउने जनताले दुःख पाउने अवस्थामा सरकारले के गर्छ ?
यो अवस्थामा जनतालाई राज्यले भोकै मर्न दिँदैन । सकंट र अप्ठ्याराले दुःख त हुन सक्छ । तर, भोकै मर्नबाट जोगाउँछ । यो परिस्थितिमा जनताले खाना नपाएर प्रताडित हुनुपर्दैन ।
जनता त घरमा बसिरहेका छन् दैनिक उपभोग्य वस्तु कसरी ल्याउने ?
यो सुरु हुनुअघि नै हामीले भनेका छौं । खाद्यान्नका पसल, औषधिका पसल, ग्याँसका पसललगायत बन्द हुने छैनन् भनेर । कसैले बन्द गरेका छन् भने पनि त्यो बन्द हुनुहुँदैन । तर, त्यसलाई व्यवस्थित बनाउने भीडभाड नगर्ने, एकलेअर्कालाई नछुने टाइमिङ कसरी मिलाउने त्यतातिर ध्यान दिनुपर्छ ।
चीनले जनताको लागि जुन नीति अपनाएको छ, तपाईंहरु उसको नीतिमा जनुहुन्छ कि हुन्न ?
हामी चीनीयाँ होइन नेपालको नीतिमा जान्छौं । नेपालमा कस्तो अभ्यास गर्नुपर्ने रहेछ भन्ने कुरा आफै विकसित गर्छौं । चीनले उसको राजनीति प्रणाली अनुसार त्यो नीति लागु गरेको होला । अरु मुलुकले पनि आफ्नै प्रणाली अनुसार गरेका होलान् ।
चीनमा सामान्य अवस्था आइसक्यो नेपालले जनताई आश्वस्त पार्न सक्दैन ?
चीनमा तपाईं बुझ्नुस् न चीनले उसको विशेषता अनुसार गरेर सफल हासिल ग¥यो । हामीले आफ्ना विशेषता अनुसार गरेर सिक्नुपर्छ ।
उद्योगी व्यवसायीलाई पनि समस्या सरकारले सहुलियत दिन सक्छ ?
यसमा हामीले उहाँहरुलाई तपाईंहरुका समस्याहरु के के हुन् ? लेखेर दिनुस् भनेका छौं । यसबेलामा त हामी अप्ठ्यारामा परेका थियौं । त्यसलाई सजिलो बनाउने यही मौका हो भनेर सोच्नुपनि हुँदैन । यो अप्ठ्यारो त सिंगो मुलुक, जनता र नागरिकको लागि हो । यति हुँदाहुँदै पनि विभिन्न तह, तप्काका समुदायलाई के अप्ठ्यारो छ राज्यले हेर्नुपनि पर्छ ।
यो समस्या समाधान नेपाली सेना परिचालित भएको छ ?
देशभर नेपाली सेनाले अहिलेसम्म जुनखालको तयारी गरेको छ, त्यो अत्यन्तै महत्वको साथ गरेको छ । अहिले भनिएको प्रदेशका डेलिकेटेड हस्पिटलको तयारीको लिड रोल नेपाली सेनाले लिन्छन् । नेपाली सेनाका जति पनि बाहिनी, पृतनाहरु छन् त्यहाँ यसको तयारी व्यवस्थित ढंगले गरेको छ । जसरी चीनबाट हामीले विद्यार्थीहरु ल्याउनुपर्ने अवस्था भयो । त्यसबेला यहाँका नाम चलेकै डाक्टर, पाइलटहरु जान मानेनन् । त्यसबेला तिनै नेपाली सेनाका पाइलट, चिकित्सकहरु हामी जस्तोसुकै अवस्था भए पनि जान्छौं भनेर गए । यो एउटा दृष्टान्त हो ।
अप्ठ्यारो परेको बेला नेपाली सेनाले गर्छ ?
यसलाई नेपाली सेनाले आफ्नो कर्तव्य सम्झन्छ । संविधानले दिएको जिम्मेवारीलाई पुरा गर्छ । त्यसकारण यो संकटको लागि आफ्नो तयारी पनि राम्रो गरेको छ । मैले अगाडि नै भनिसकेको छु । जति पनि बाहिर तयार गर्ने हस्पिटलको रोल उसैले गर्ने भनेर निर्णय भइसकेको छ ।
दैनिक काम गरेर खानेलाई सरकारले प्याकेजको घोषणा गर्न सक्दैन ?
तपाईं प्याकेजको पछाडि धेरै नलाग्नुहोस् । सबैभन्दा पहिला त यो संकटबाट मान्छेलाई बचाउँनुपर्छ । यो उच्च ओहदा बस्नेदेखि दैनिक काम गरेर गुजारा गर्नेहरुको लागि पनि यो एउटै संकट हो यसलाई नर्मल अवस्थामा बुझ्नुहुँदैन । यो बेला भनेको त्यो अवस्था जुन त्यो चिज नहुँदा जीवन नै जाने त्यस्तो भयो भने सोच्नुपर्छ ।
विदेशमा हुने नेपालीहरुलाई त्यहाँ बसेर सुरक्षित हुने आधार छ ?
यस्तो संकटमा विभिन्न देशका नागरिकहरु छन् । जस्तो नेपालकै कुरा गरौं । यहाँ पनि पहिलादेखि रहेका विभिन्न देशका नागरिकाहरु छन् । जुन कोही अध्ययनमा, कोही अफिसको काममा, कोही विजनेस व्यवसायमा यहाँ होलान् । नागरिक उनीहरु विभिन्न देशका हुन सक्छन् । हाल नेपालका बासिन्दा भएर बसेका छन् । कोही अमेरिका, कोही भारत, कोही अन्य थुप्रै देशमा हाम्रा नेपालीहरु छन् । यस्तो संकटमा त्यहाँ पहिलादेखिका बासिन्दा हुन् भने त्यो देशले त्यहीकै नागरिक सरह उनीहरुको ‘टेक केयर’ गर्नुपर्छ । यदि नेपालमा पहिलादेखि यहींका बासिन्द भएर विदेशी नागरिक बसेका छन् भने उनीहरुको अरु नागरिकसरह उनीहरुको ‘टेक केयर’ गर्नुपर्छ हामीले त्यो बुझेका छौं । यो विश्वको नियम हो । यदि हाम्रा नेपालीहरु विश्वका कुनै पनि मुलुकमा बसेका छन् भने त्यही विश्वको प्रोटोकल अनुसार नै उनीहरुले ‘टेक केयर’ पाउँछन् । उनीहरु नागरिक नेपालका होलान्, तर तत्कालका बासिन्दा त्यहाँका छन् । त्यसकारण जुन–जुन देशमा अन्य देशबाट गएर वासिन्दा भएका छन् उनीहरुको संरक्षण त्यहाँको सरकारले गर्नुपर्छ । तर, त्यसमा त्यो देशले बनाएका नियम, कानुनको पालना गर्नुपर्छ । त्यसकारण विदेशीमा रहनुभएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुलाई तपाईंहरु जहाँ हुनुहुन्छ । त्यहाँ बनाइएका नियम, कानुन, व्यवस्था अनुरुप तपाईंहरु बस्नुहोस् । त्यहाँ सुरक्षित भएर बस्नुहोस्, जुन बेला अनुकूल हुन्छ त्यसबेला तपाईंहरु आउन पाउनुहुन्छ । अहिले तपाईंहरु त्यहाँ बस्दा त्यहाँको सरकारले निकाल्दैन । तर, तपाईंहरुले त्यहाँको सरकारको व्यवस्था र कानुनअनुसार चल्नुपर्छ ।

प्रतिक्रिया