सोमबार, साउन २६ २०७७
काठमाडौं १०:११
वासिङटन डिसी 00:26

विचल्लीमा परेका नेपाली नागरिकलाई सहयोग गर्ने अभियानमा पहिलो दिननै २ हजार १८७ डलर जम्मा

इनेप्लिज २०७६ चैत १३ गते १:५६ मा प्रकाशित


लुइभेल, केन्टकी । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले कोरोना महामारीको कारण अमेरिकामा विचल्लीमा परेका नेपाली नागरिकहरु र विद्यार्थीलाई सहयोग गर्न सुरु गरेको अभियानमा पहिलो दिननै २ हजार १८७ डलर जम्मा भएको छ । एनआरएन अमेरिकाले अभियानलाई अगाडि वढाउनका लागि सहयोग संकलनका लागि एनआरएन अमेरिकाले गोफण्ड खाता सञ्चालनमा ल्याएको छ । यस्तो अवस्थामा गोफण्डको एकाउन्टमा क्लिक गरेर जोसुकैले पनि क्रेडिट वा डेविट कार्डमार्फत सहयोग गर्न सक्नेछन् । गोफण्ड खातामा अहिलेसम्ममा एनआरएन अमेरिकाका अध्यक्ष सुनिल साहले ५०० डलर, राधेश पण्डितले ५०० डलर, संकेश्वर सुवेदीले ३०१ डलर, कृष्णजिवी पन्तले २०० डलर, वावु लामाले १०० डलर, नाम उल्लेख नगर्ने एकजनाले २०० डलर र अर्को जनाले १०० डलर, सीपी पौडेलले १०१ डलर, गोविन्द सुवेदीले १०० डलर, धर्म विश्वकर्माले ७५ डलर, तथा सुवास साहले १० डलर सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया