आइतबार, चैत २३ २०७६
काठमाडौं ०८:२७
वासिङटन डिसी 22:42

बाल्टिमोरमा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धन गर्न इनास अनप्लग्ड बृहत सांस्कृतिक कार्यक्रमको भब्य तयारी

विजय थापा २०७६ पुष २९ गते १:०८ मा प्रकाशित

डिसी । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धनको लागि इनास मेरिल्याण्डको पहलमा ‘इनास अनप्लग्ड’बृहत सांस्कृतिक कार्यक्रमको भव्य तैयारी भै रहेको आयोजकले ईनेप्लिजलाई बताएका छन् ।

नेपाल छोडेर बाहिर गएका नेपाली मूलका कलाकारहरु सम्भवत बिश्व मै सर्वाधिक रुपमा अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरमा बसोबास गर्दछन भनिन्छ । र हो पनि ,कलाकार खोज्नु परेमा बाल्टिमोर जानु पर्छ भन्ने प्रचलन पनि छ ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज(अनेकस-इनास)मेरिल्याण्ड राज्य शाखाको पहलमा हुने उक्त सांस्कृतिक साँझ कार्यक्रममा मेरिल्याण्ड राज्यमा बसोबास गर्ने कलाकारहरुले बिशेष प्रस्तुति गर्ने इनासका अध्यक्ष सृजन ताम्राकारले बताए ।

उनले अगाडी भने नेपाली कला साहित्य र संस्कृतिको उत्थान, संरक्षण र सम्वर्द्धन गर्ने तथा नेपाली कलाकार एवं साहित्यकारहरुको हितको लागि काम गर्न स्थापित गरिएको इनासमा आफू नेतृत्वमा आए पछि कलाकारहरुलाई एकै थलोमा जोड्ने र समुदायलाई समेत अपनत्वको महसुस गराउन बिशेष कार्यक्रम ल्याईएको बताए ।

नव बर्ष २०२० को आगमनसंगै शुभारम्भ भएको नेपाल भ्रमण बर्ष २०२० को स्वर्णिम अवसरलाई समेत मध्यनजर गरि कार्यक्रम तय गरिएको उनले जनाए । आन्तरिक प्रचारप्रसार तथा प्रवर्द्धन हुने गरि मेरिल्याण्डमा रहेका नेपाली सांगीतिक प्रतिभाहरुका साथमा नेपाली सांगीतिक आकाशका चर्चित संगीतकर्मीहरु र नेपाली गीतसंगीतलाई मायागर्ने संगीतप्रेमीहरु बीचको एक अविस्मरणीय सांगीतिक जमघट हुने कार्यक्रम रहेकोले कोही नछुटुन भन्ने इनास मेरिल्याल्डको ईच्छा र चाहना रहेको अध्यक्ष ताम्राकारले इनेप्लिजलाई स्मरण गराए ।

अझ नव प्रतिभाशाली कलाकारहरुको निम्ति निकै यो मंच निकै उपलब्धिमूलक हुने भएकोले उनीहरुलाई प्रोत्साहन गर्न र उनीहरु भित्र निहित प्रतिभालाई हौशला प्रदान गर्न समुदायको आवश्यकता हुनाले प्रवेश निशुल्क गरिएकोले डिसी महानगर क्षेत्रका सबै जनाको उपस्थितिको उच्च अभिलाषा गरिएको इनास मेरिल्याल्डले अपेक्षा गरेको छ ।

सम्भवत २६ जना कलाकारहरुले यस्तो प्रकारको प्रस्तुति दिने यो सांगीतिक साँझ इनास अनप्लग्ड कार्यक्रम पहिलो हो । अमेरिका भर रहेका इनास राज्य शाखाले विभिन्न कार्यक्रम प्रस्तुत गरेता पनि यस्तो अद्वितीय सांगीतिक कोसेली लिएर पहिलो पटक इनास मेरिल्याण्ड आएको छ ।

नेपाली संगीतकर्मी र संगीतप्रेमीहरुको एउटा अविस्मरणीय भेटघाट कार्यक्रम हुनाले कोही पनि प्रस्तुति हेर्न बन्चित हुनु हुदैन भन्ने आयोजकले सबैलाई सादर आमन्त्रण गरेको छ ।

इनासका अध्यक्ष ताम्राकार अमेरिका आए पछि बिगत १३ बर्ष देखि नै कला र संस्कृतीको जगेर्ना र प्रवर्द्धन र सम्बर्द्धन गर्न कहिले खुट्टा कमाएनन । बाल्टिमोरमा रहेका विभिन्न संघ/सँस्था संग आबद्ध हुन् छोडेनन् । र जहाँ गए पनि आफू कलाकार भएको हैशियतले कलाकारिताको माध्यमबाट संघ/संस्थामा सृजनशील कार्यक्रम ल्याउन पहल गर्ने काममा पछि हटेनन ।

उनले चाहे त्यो बाना द्वारा आयोजित सडक महोत्सव होस् या हिन्दु बुद्ध मन्दिर या अन्य समुदायकाका क्रियाकलाप या कार्यक्रममा अहोरात्र खटेर सृजना गर्ने र नया आयाम थप्ने काममा कहिले हिम्मत हारेनन । सदैव जोश र जाँगरको साथ उनलाई दिएको जिम्मेबारीलाई फत्ते नगरी बिश्राम नगर्ने प्रवृतिको कारण इनास मेरिल्याण्डको नेतृत्व हुना साथ इनास अनप्लग्ड नामक कार्यक्रमको घोषणा गरे । उनि अध्यक्ष भए पछि इनासलाई एक खुड्किलो माथि ल्याउने प्रकारका नयाँ कार्यक्रम ल्याउने घोषणा समेत गरेका थिए ।

र उनलाई कलाकर्मी र समुदायले साथ दिएका छन् । उनले कलाकार र समुदायलाई जोड्ने प्रयास गरि रहेका छन् । र सबैलाई हातेमालो गर्ने अभिप्रायले आयोजना हुने कार्यक्रममा हामी समुदाय सबैको साथ र समर्थन रहनु पर्ने आवश्यकता देखिएको छ ।

यो प्रयासमा हामी संलग्न हौ । कार्यक्रम ऐतिहासिक बनाऔ ।

प्रतिक्रिया