आइतबार, चैत २३ २०७६
काठमाडौं ०७:००
वासिङटन डिसी 21:15

डिसी क्षेत्रमा तमु धी भर्जिनियाको तमु ल्होछार भव्यताको साथ सम्पन्न

इनेप्लिज २०७६ पुष १५ गते ०:५३ मा प्रकाशित

तमु धी भर्जिनियाले आयोजना गरेको तमु ल्होछार गत डिसेम्बर २९ अर्थात् पौष १५ का दिन भव्यताको साथ सम्पन्न भएको छ । कार्यक्रमलाई सफल बनाउन डिसी महानगर क्षेत्र ,न्युयोर्क ,पेन्सेलभेनिया ,मेरिल्याण्ड राज्य लगायतबाट सहभागीहरु आएका थिए । ल्होछारको शुभारम्भ नेपाली तथा अमेरिकन राष्ट्रगान बाट गरिएको थियो ।

प्रमुख अतिथि राजदुत डा अर्जुन कु कार्की तथा समाजकी वरिष्ठ महिला नागरिकले सयुक्त रुपमा पानसमा बत्ति बाली उदघाटन गरिएको थियो । तमु धी भर्जिनियाले पहिलो पटक तमु ल्होछार समारोह मनाएको हो भने सन् २००५ मा स्थापित ग्रेटर वाशिंगटन तमु समाजको नाम परिवर्तन गरि तमु धी भर्जिनिया राखिएको थियो ।

तमु ल्होछार मनाउन मूल आयोजक समिति समेत तथा विभिन्न उपसमितिहरु समेत गठन गरिएको थियो भने संयोजकमा नेत्र गुरुङ रहेका थिए । तमु धी भर्जिनियाले च्युल्हो (मुसा वर्ग ) को आगमन संगै स्वदेश तथा बिदेशमा रहनु हुने तमु ( गुरुङ ) लगायत सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गरेको छ ।

पर्वको अध्यक्षता नन्द कुमार गुरुङले गरेका थिए भने प्रमुख अतिथिमा राजदुत डा अर्जुन कु कार्की (विद्या वारिधि )रहेका थिए । संयोजकमा नेत्र गुरुङले सबैलाई स्वागत गर्दै नेपाल सरकारसंग गुरुङहरुले मनाउने तमु ल्होछारको दिन सार्वजनिक बिदा पुन:फिर्ता गर्नु पर्ने जोडदार माँग गरे ।

कार्यक्रमका प्रमुख अतिथि डा कार्कीले शुभकामना सहित नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सबै जुट्नु पर्ने भन्दै सबै समुदायलाई आग्रह गरे ।न्युयोर्कबाट आएका नेपाल आदिबासी जनजाती महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ्गले भ्रमण बर्षलाई सफल बनाउन आफ्नो संस्थाले पहल गरि सकेको बताउदै नेपालको संबिधान संसोधन गर्न आवस्यक भएको बताए । उनले सबै जातजाति समुदाय र सम्प्रदाय एक जुट हुनु पर्ने कुरामा जोड दिए ।

तमु धी भर्जिनियाले आयोजना गरेको तमु ल्होछारका सभापतित्व नन्द कुमार गुरुङले गरेका थिए । सभापति गुरुङले तमु ल्होछारलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै औपचारिक कार्यक्रम बिसर्जन गरेका थिए । समारोहमा पहिलो संस्थाका संरक्षक ,आजीवन सदस्य लगायत अध्ययन समाप्त गरेका बिद्यार्थीलाई सम्मानको साथै प्रमाणपत्रहरु वितरण गरिएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा सांगीतिक कार्यक्रम रहेको थियो भने कार्यक्रम प्रस्तोता गायक बिन्ति कुमार गुरुङ रहेका थिए । कार्यकम भर्जिनियाको स्टरलिङ्ग शहरमा आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा बिशेष गरि गुरुङ जातिका विभिन्न प्रस्तुतिको साथै बिभिन्न कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा बाल्टिमोर तमु समाजको तर्फ बाट बिशेष सिर्ग्या नृत्य प्रस्तुति बिशेष आकर्षित रहेको थियो ।

प्रतिक्रिया