शुक्रबार, असोज ३ २०७६
काठमाडौं १७:३३
वासिङटन डिसी 07:48

अमेरिकी ईमिग्रेसनको कम्प्युटर प्रणाली बिग्रीयो

मुख्य विमानस्थलहरुमा लामो लाईन, डेढ घन्टाभन्दा बढी पर्खनु पर्ने

यादवराज जोशी २०७६ साउन ३१ गते २२:०७ मा प्रकाशित

 

अमेरिकाका मुख्य विमानस्थलका ईमिग्रेसन कम्प्यूटर प्रणाली शुक्रबार अपरान्ह बिग्रीएको छ । विमानस्थलमा ईमिग्रेसन हेर्दै आएको निकाय अमेरिकी भन्सार तथा सिमा सुरक्षा (कस्टम एण्ड बोर्डर प्रोटेक्सन) को कम्प्यूटर प्रणालीमा समस्या आएपछि न्यूयोर्क, वासिड.टन डिसी, लस एन्जलस विमानस्थलमा यात्रुको लामो लाईन छ ।

कम्प्यूटर प्रणालीमा बिग्रिएपछि ईमिग्रेसन अधिकारीले कम्प्यूटर प्रयोग नगरी परम्परागत ढंगले पासपोर्ट परिक्षण गर्ने काम गर्दै आएका छन् । विमानस्थलका अन्तराष्ट्रिय यात्रु आगमन कक्षमा निकै भिड छ ।

भन्सार तथा सिमा सुरक्षा कम्प्यूटर प्रणाली ठिक गर्ने प्रयास भैरहेको र आफ्ना अधिकृतहरुले वैकल्पिक प्रणाली अपनाएर सक्दो चाडो यात्रुलाई सुविधा दिईरहेको जनाएको छ ।

स्रोतः एजेन्सीहरु
तस्वीरः ट्विटर

प्रतिक्रिया