आइतबार, भदौ ८ २०७६
काठमाडौं १९:०९
वासिङटन डिसी 09:24

#सम्पुर्ण NRNs हरुमा हार्दिक निमन्त्रणा एवं सक्रिय सहभागिताको अपेक्षा

इनेप्लिज २०७६ साउन २५ गते ०:२४ मा प्रकाशित

#एनआरएनए भर्जिनिया च्याप्टरले निम्न बिषय/एजेन्डाहरुमा केन्द्रित भई आयोजना गर्ने पहिलो कार्यक्रममा तपाईलाई हार्दिक निमन्त्रणा गर्न पाउँदा हामीलाई खुशी लागेको छ।

#बिषय/#एजेन्डाहरु:

१) निवर्तमान कार्यसमितिबाट हिसाब किताब
तथा कार्यभार बुझबुझारथ र हस्तान्तरण
२) च्याप्टरको नयाँ कार्यसमितिको परिचय तथा भेटघाट
३) हाम्रो भर्जिनियामा र अन्तत: अमेरिकामा NRN अभियान
के कस्तो हुनपर्छ? सुझाव, छलफल तथा अन्तरकृया
४) च्याप्टरको आगामी २ बर्षे कार्य-योजनाको प्रस्तुती र
त्यसमाथी सहभागीहरुको परामर्श र सुझाव संकलन
५) खुला छलफल तथा प्रश्नोत्तर

#कार्यक्रममा उपस्थित भई सक्रिय सहभागिता जनाईदिनुहुन सम्पुर्ण भर्जिनियाबासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हामी हार्दिक अनुरोध गर्दछौं।

#कार्यक्रम हुने #मिति, #समय र #स्थान:
मिति: अगष्ट 25, 2019 (आईतबार)
समय: ठिक 1:30 बजे- 3:45
ठेगाना: 15049 Conference Centre Dr
Chantilly VA 20151

#भवदीय,
एनआरएनए भर्जिनिया च्याप्टर

कार्यक्रम सम्बन्धी थप रोचक विवरणहरु:

• कार्यक्रम ठीक २ घन्टा मात्रै चल्नेछ।
• कार्यक्रममा खादा/व्याच/प्रंशंसा पत्र आदीको प्रयोग हुनेछैन।
• कार्यक्रममा उपस्थित सबै बिशिष्ट पहुना, सबै बिशेश अतिथी र सबै सभापती हुने भएकाले आशन-ग्रहणमा कुनै सेकेन्ड समय पनि खर्च गरिनेछैन।
• कार्यक्रममा छिमेकी राज्यहरु लगायत NCCका केही केन्द्रीय पदाधिकारीहरुलाई पनि आमन्त्रण गरिएको छ।

प्रतिक्रिया