शनिबार, असोज ३० २०७८
काठमाडौं ०२:४३
वासिङटन डिसी 16:58

न्यू योर्कमा वाणिज्यदूत एवं सुपरिचित साहित्यकार कृसु क्षेत्रीको भव्य बिदाई तथा अभिनन्दन सम्पन्न

इनेप्लिज २०७६ साउन ५ गते १३:४९ मा प्रकाशित

न्यू योर्क- नेपाल सरकारका वाणिज्यदूत एवं सुपरिचित साहित्यकार कृसु क्षेत्रीको न्यू योर्कमा शनिवार जुलाई २० तारिख शेर्पा किदूग हलमा भव्य बिदाई तथा अभिनन्दन सम्पन्न भएको छ । वाणिज्यदूत क्षेत्री आफ्नो चार वर्शे कार्यकाल सफलतापूर्वक पूरा गरी आगामी सप्ताहन्त नेपाल फर्किदै हुनुहुन्छ । अमेरिकि नेपाली समूदायको संयुक्त आयोजनामा विदाई समारोह गरिएको हो । वाणिज्यदूत क्षेत्रीलाई समाजका अगुवा प्रतिनिधिहरुले संयुक्त अभिनन्दन प्रदान गरेका थिए भने जर्सी सिटी शहरको सिटी काउन्सिलले वाणिज्यदूत क्षेत्रीको सम्मानमा पारित गरेको बिशेश रिजोलुसन (प्रस्ताव) लाई जर्सी सिटी मेयरकि सल्लाहकार डा. बिष्णुमाया परियारले प्रदान गरेकिथिईन् । नेपाली अमेरिकन समाजले प्रदान गरेको संयुक्त अभिनन्दन-पत्रमा वाणिज्यदूत क्षेत्रीले नेपाली अमेरिकन समाजको वाणिज्य र मानवीय सेवामा आफूलाई चौबीसै घण्टा उपलब्ध गराई सरकारी कर्मचारी र जनता बीचको दूरीलाई हटाई एक मित्र, परिवारको सदस्य र अभिभावकको रुपमा आफूलाई उभ्याएर आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेको भन्दै अभिनन्दन पत्र मार्फत वाणिज्यदूत क्षेत्रीको निश्वार्थ र अथकित सेवाको मुक्त कण्ठले प्रशंसा गरिएको छ । त्यसैगरी, जर्सी सिटी शहरको सिटी काउन्सिलले पारित गरेको बिशेश रिजोलुसन (प्रस्ताव) मा वाणिज्यदूत क्षेत्रीको कुटनितिक र नेपाली अमेरिकन समाजमा पुर्याएको सेवाको कदर गर्दै नेपाली अमेरिकन समाजले उनको अभाव महसुस गर्नेछन् भन्दै भविश्यमा उनको उत्तरोउत्तर प्रगतिको कामना गरिएको छ ।

सम्पूर्ण नेपाली अमेरिकन समूदायको तर्फबाट जारी अभिनन्दन-पत्रको पूर्ण पाठ यस्तो छ:

अभिनन्दन-पत्र

कृसु क्षेत्री
वाणिज्यदूत एवं सुपरिचित साहित्यकार

नेपाल र नेपालीको सेवामा समर्पित कूटनीतिज्ञ तपाईं कृसु क्षेत्री हामी अमेरिकावासी नेपाली समूदायसँग हरपल साथमा रहेर नेपाली समाजको वाणिज्य र मानवीय सेवामा आफूलाई चौबीसै घण्टा उपलब्ध गराई सरकारी कर्मचारी र जनता बीचको दूरीलाई हटाई एक मित्र, परिवारको सदस्य र अभिभावकको रुपमा आफूलाई उभ्याएर आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरी फर्किने क्रममा हामी यो अभिनन्दन पत्र मार्फत यहाँको निश्वार्थ र अथकित सेवाको मुक्त कण्ठले प्रशंसा गर्दै यहाँलाई हार्दिक अभिनन्दन गर्न चाहन्छौं, साथै,

नेपाली समकालीन साहित्यका प्रखर र सुपरिचित साहित्यकार तपाईं कृसु क्षेत्रीको बहुआयामिक व्यक्तित्व र नेपाली वाङमयमा यहाँको देनको हामी उच्च कदर गर्दछौं । हामी यो कुरामा गौरवान्बित छौं कि कूटनैतिक सेवाका अलावा बिलयन लेखनका प्रबर्तक साहित्यकारका रुपमा यहाँका ७ कृतिहरु प्रकाशित छन् भने एक दर्जनभन्दा बढी साहित्यिक जर्नलहरुको सम्पादन गरिसक्नु भएको छ । नेपाली साहित्यमा पुर्याएको उच्च देनकै कदर स्वरुप यहाँले युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक), राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देबकोटा शताब्दी स्वर्ण पदक लगायत एक दर्जन साहित्यिक पुरस्कारहरुबाट सम्मानित हुन सफल भएर नेपाली साहित्यानुरागीहरुको प्रेरणाको श्रोत बन्नु भएको छ । हामी यहाँको निख्खर कलमको निरन्तरताको कामना गर्दै यहाँको उज्ज्वल र उर्बर भविष्यको हार्दिक कामना गर्दछौं ।

यहाँको विदाईको यो भावपूर्ण क्षणमा हामी यहाँले पुर्याउनु भएको सेवा, सामिप्यता, आत्मियता, प्रेम, स्नेह र अभिभावकत्वको चिरस्मरण गर्दै यहाँ र यहाँको परिवारको सुख, समृद्धि, सुस्वास्थ्य र चिरायूको हार्दिक कामना गर्दछौं ।

जुलाई २०, २०१९

सप्रेम,
सम्पूर्ण नेपाली अमेरिकन समूदायको तर्फबाट
न्यू योर्क, अमेरिका

विदाई तथा अभिनन्दन समारोहमा बिभिन्न नेपाली संघसंस्थाहरुले आ-आफ्नो संस्थाको तर्फबाट सम्मान पत्र प्रदान गरेका थिए भने उपस्थित जनसमुदायले परम्परागत खादा र दोसल्ला ओढाएर वाणिज्यदूत क्षेत्री र उहाँकी शृमती रीता सुबेदीलाई हार्दिक विदाई गरेका थिए ।

विदाई तथा अभिनन्दन समारोहमा कार्यबाहक महावाणिज्यदूत पुष्पराज भट्टराई, वाणिज्यदूत क्षेत्री, नेपाली काँग्रेस आमन्तृत केन्द्रिय सदस्य एवं नेपाली जनसम्पर्क समिती अमेरिका अध्यक्ष आनन्द बिश्ट, र्सी सिटी मेयरकि सल्लाहकार एवं सामाजिक अभियन्ता डा. बिष्णुमाया परियार, अधिकारकि सामाजिक अभियन्ता नर्बदा छेत्री, एनआरएन अमेरिका वरिश्ठ उपाध्यक्ष बाबुराम लामा, शेर्पा किदूग अमेरिका अध्यक्ष उर्गेन शेर्पा र नेपाल अमेरिका च्याम्बर्स अफ कमर्सका उपाध्यक्ष एवं व्यावसायी बेद खरेलले सम्बोधन गरेका थिए ।

बिलयन लेखनका प्रबर्तक साहित्यकार कृसु क्षेत्रीका अर्धमुदित आँखाहरु (गजल), बोधिसत्वको मृत्यूउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यानमामा नेपाली भाषा, साहित्य र संस्कृति, जापानमा नेपाली भाषा र साहित्य र चौध वर्षपछि (संयुक्त कविता) र ‘चराको गीत’ (कविता संग्रह) कृतिहरु प्रकाशित छन् । साहित्यकार कृसु क्षेत्री युवा वर्ष मोती पुरस्कार (२०६६), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५८), गजलश्री सम्मान (२०६०), राष्ट्रिय कविता महोत्सव २०५७ (स्वर्ण पदक), राष्ट्रिय युवा प्रतिभा पुरस्कार (२०७२), देबकोटा शताब्दी स्वर्ण पदक लगायत एक दर्जन साहित्यिक पुरस्कारहरुबाट सम्मानित छन्।

साहित्यकार एवं वाणिज्यदूत कृसु क्षेत्री न्यू योर्कका नेपाली समाजमा मिजासिला नेपाली डिप्लोम्याट र लोकप्रिय वक्ताको रुपमा रुचाईन्छन् ।

प्रतिक्रिया