शनिबार, असोज ३० २०७८
काठमाडौं १५:४४
वासिङटन डिसी 05:59

ट्रम्पले डेमोक्रेटिक दलका निर्वाचित चार जन प्रतिनिधि महिला सभासदलाई आफ्नो देश फर्क भने पछि चारै जनाले दिए कडा जवाफ

ट्रम्पलाई महाअभियोग लगाउन आव्हान,ट्रम्पको टिप्प्णी जातिवादी आक्रमण

विजय थापा २०७६ असार ३० गते २३:५६ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाका विभिन्न राज्यहरुबाट निर्वाचित भएका महिला सांसदहरुलाई आफ्नो देश फर्केर जाऊ भनि सामाजिक संजाल ट्वीटरमा लेखे पछि तरंग उत्पन्न भएको छ । एक प्रकारको भुकम्प नै गएको छ ।

ट्रंपले अमेरिकाका विभिन्न राज्यहरुबाट चुनिएर गएका जनताका प्रतिनिधिहरुलाई त्यसो भने पछि सामाजिक संजाल तथा अमेरिकी पत्रपत्रिकामा मुख्य पृष्ठ र उच्च स्थान सहित समाचार छापेका छन् ।

जुलाई १५ सोमबारका सयुक्त रुपमा चारै सभासद महिलाहरुले पत्रकार सम्मेलन गरि राष्ट्रपतिलाई मुख तोड जवाफ दिएका छन् । पत्रकार सम्मेलन गर्दा गर्दै राष्ट्रपति ट्रम्पले उतिनै खेर सामाजिक संजालमा जवाफ दिन पनि भ्याएका थिए ।

डेमोक्रेटिक दलकी महिला जन प्रतिनिधि रशिदा तलाइबले ट्रंपले सामाजिक संजाल ट्वीटमा लेखेका टिका टिप्पणी भनेको जातिवादीको निरन्तरता र बिदेशीलाई मन नपराउने खेल्ने किताब भएको टिप्पणी गरेकी छिन् । उनले राष्ट्रपतिलाई उनको टिका टिप्पणीबाट आफ्नो कामको ध्यान भंग हुन् नदिने प्रतिबद्धता गरेकी छिन् ।

यसै गरि अर्की निर्वाचित जन प्रतिनिधि ईहान ओमारले यो स्वेत राष्ट्रबादीको कार्यसूची (एजेन्डा) भएको जनाउदै ट्रम्पले जबर्जस्त जातिवादी आक्रमण प्रहार गरेको बताइन ।

ओमरले यो स्वेत राष्ट्रबादीको कार्यसूची (एजेन्डा) भएको भन्दै चाहे यो कुराकानी कक्ष या राष्ट्रिय टेलिभिजन( दूरदर्शन) भै रहेता पनि अब यो व्हाइट हाउसको बगैचामा पुगेछ भनिन । उनले आफ्नो भनाई समाप्त गर्दै ट्रम्पलाई महाअभियोग लगाउन आव्हान गरिन ।

यसै गरि आयाना प्रेस्लीले ट्रम्पको ट्वीटको टिप्प्णी गर्दै बल्छीमा आहारा नलिनु भनिन । उनले ट्रम्पको टिप्प्णी जातिवादी आक्रमण भन्दै ध्वंसकर अलमल भएको बताइन । र जनतालाई बल्छीको आहारा नलिनु भनि आग्रह गरेकी छिन् ।

यसै गरि न्यूयोर्ककी महिला जनप्रतिनिधि एलेक्सज्याड्रिया ओकासिओ कर्टेजले राष्ट्रपति ट्रम्पको जातिवादी आक्रमणबाट आश्चर्यमा नपरेको बताइन । उनले निर्वाचित भएका वर्तमान सभासदहरुलाई आफ्नो मूलुक फर्क भनि रहदा आफूलाई कुनै आश्चर्य नलागेको बताइन । कर्टेजले हामीलाई देश फर्क भनि रहदा हजारौ आप्रवासीलाई देशभर बिना अधिकार( वारंट ) पक्राउ गर्न अधिकार दिएकी बताईन ।

म आश्चर्यमा नभएको बताउदै राष्ट्रपतिले अन्तर्राष्ट्रिय मानव अधिकारलाई उलंघन गरेको र आफ्ना परिवारबाट बालबालिकालाई अलग गराई रहेको बताइन । उनले राष्ट्रपतिको हालसालै गरेको आक्रमण भएता पनि आफ्नो काममा ध्यान दिने बताईन ।

श्रोत : सिएनएन /अन्य पत्र पत्रिका

प्रतिक्रिया