अमेरिकाको श्रम बजारले राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक नीतिबाट उत्पन्न अन्योलताबीच पनि उल्लेखनीय मजबुती देखाएको छ। आज जुलाई ३ हो भने गत महिना जून महिनामा अमेरिकी रोजगारदाताहरूले १ लाख ४७ हजार नयाँ रोजगारी थपेका छन्। श्रम विभागका अनुसार बेरोजगारी दर मे महिनाको ४.२% बाट घटेर ४.१% पुगेको छ।
यो संख्या मे महिनामा संशोधित १ लाख ४४ हजार रोजगारीभन्दा थोरै बढी हो । तर अर्थशास्त्रीहरूले अनुमान गरेको १ लाख १८ हजारभन्दा धेरै हो।
ट्रम्प प्रशासनले लगाएको व्यापार युद्ध, संघीय स्तरको रोजगारी रोक, र आप्रवासन नियन्त्रणले बजारमा दबाब सिर्जना गरिरहे पनि अमेरिकी अर्थतन्त्रले रोजगारी क्षेत्रमा स्थायित्व देखाएको छ।
यसैबीच, गत हप्ता बेरोजगारी भत्ता माग गर्नेहरूको संख्या २ लाख ३३ हजारमा झरेको छ । तर अर्को तर्फ निजी क्षेत्रको एक सर्वेक्षण अनुसार मे महिनामा प्रतिष्ठानहरूले ३३ हजार रोजगारी कटौती गरेका थिए।
राष्ट्रपति ट्रम्पको आप्रवासन नीति र निर्वासनले श्रम बजारमा प्रत्यक्ष असर परेको छ। मे महिनामा काम गरिरहेका वा काम खोजिरहेका आप्रवासीहरूको संख्या ६ लाख २५ हजारले घटेको थियो, जुन अघिल्लो १८ महिनामा देखिएको सबैभन्दा ठूलो गिरावट हो।
अर्थात्, ट्रम्प नीति प्रभावशाली भए पनि श्रम बजार अझै टिकिरहेको देखिएको छ ।}
प्रतिक्रिया