अमेरिकी संसद (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा आफ्नो विशाल ठूलो कर र नीतिसम्बन्धी विधेयकमा महत्वपूर्ण प्रक्रियागत मतदानको तयारी हुँदै गर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति आफ्नो सामाजिक सञ्जालमा रिपब्लिकन सांसदहरूलाई हौसला दिए तर एक डेमोक्र्याट सांसदलाई अपमानित गरे ।
बुधबार राती ९:३० बजेतिर जब प्रक्रियागत प्रस्तावमा मतदान सुरु हुँदै गर्दा ट्रम्पले प्रकाशन गरे र भने अमेरिका आर्थिक विकासको हरेक किर्तिमान तोड्ने मार्ग,आ छ। अगाडी बढ रिपब्लिकनहरू भन्दै कुटिल डेमोक्र्याटहरूलाई हराउन हौशला दिए । उनले अगाडी भने विकास समर्थक कर कटौती कहिल्यै असफल हुँदैन। अमेरिकालाई फेरि महान् बनाऔँ वाक्यहरु जोडे ।
करिब १० मिनेट अघि ट्रम्पले सांसद जेमी रास्किनलाई लक्षित गर्दै अपमानजनक टिप्पणीहरू लेखे । ट्रम्पले भने जेमी रास्किनलाई तेस्रो दर्जाको डेमोक्र्याटको संज्ञा दिए । उनले यो राजनीतिज्ञलाई हाम्रो शानदार कर कटौती विधेयकमा के छ भन्ने कुनै थाहा छैन, न त उनले बुझ्नछन् भनि आरोप लगाए । उनलाई बुद्धु भन्दै बुद्धूले वर्षौंदेखि आफूसँग लगातार हारिरहेको बताए । रास्किन एक खराब राजनीतिज्ञ हो र पूर्ण रूपमा हरुवा हो भन्दै कडा टिप्पणी गरे ।
ट्रम्पको यो “विशाल , सुन्दर विधेयक” ले उनको दोस्रो कार्यकालको कार्यसूचीको मुख्य भागलाई समेटेको छ, जसमा सीमा सुरक्षा, रक्षा र ऊर्जा उत्पादनका लागि खर्च बढाउने र खर्बौं डलरको कर कटौती विस्तार गर्ने कुराहरू छन्। यद्यपि, यसलाई स्वास्थ्य सेवा र पोषण कार्यक्रमहरूमा ठूलो कटौती गरेर आंशिक रूपमा पूर्ति गरिनेछ।
प्रतिक्रिया