शुक्रबार, कार्तिक ५ २०७८
काठमाडौं ०३:१६
वासिङटन डिसी 17:31

केन्टकीमा भानु जयन्ति सम्पन्न

अर्जुन थापा २०७६ असार २९ गते ३:३९ मा प्रकाशित

 

नेपाली कला भाषा संस्कृति संरक्षण र सम्वर्धन हेतु गठित भएको इनास केन्टकी र ANKA नेपाली पाठशालाको संयुक्त आयोजनामा भानु जयन्ति समारोह सम्पन्न भएको हो | कार्यक्रममा साहित्य प्रेमी अभिभावक बिधार्थी नानी बाबुहरुको बाक्लो उपस्थिति थियो | कार्यक्रम इनासका सचिब अर्जुन थापा ले संचालन गर्नु भएको थियो त्यस्तै प्रेम बस्यालले भानुभक्त आचार्य को जीवनी प्रस्ट्याउनु भएको थियो |

त्यस्तै गरि ANKA का अधक्ष्य लक्ष्मी खड्का , इनास केन्टकी का अधक्ष्य गोपाल नेपाल “फिष्टे” NRNA केन्टकी का सचिब साम्बा लामिछानेले आफ्नो छोटो मन्तब्य राख्नु भएको थियो | कार्यक्रममा बिनोद सापकोटा ,नसिम अन्सारीले आफ्नो कविता वाचन गर्नु भएको थियो | आदिकवि भानुभक्तका सम्बन्धमा अझ प्रष्ट पर्दै दामोदर भुसालले उहाको पृष्ठभुमि र उहाका बारे थप जानकारी सहित भानुभक्तकै घासी कविता वाचन पनि गर्नु भएको थियो |कार्यक्रममा सबैको उत्साहजनक सहभागिता थियो भने बालबालिकाहरु पनि उत्साहित देखिन्थे | कार्यक्रमको अन्त्यमा सबैलाई कुकी र पानी वितरण गरियको थियो | भबिस्यमा पनि यस्तै कार्यक्रम अझ ब्यबस्थित र अझ जनसहभागिताका साथ हुनेमा यहाका भाषा प्रेमीहरु आशावादी रहेको देखिथ्यो |

प्रतिक्रिया