मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०१:३८
वासिङटन डिसी 15:53

जिपी कोईराला फाउन्डेशन अमेरीकाद्वारा स्व. गिरीजाप्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती विशेष कार्यक्रम

इनेप्लिज २०७६ असार २३ गते २२:२१ मा प्रकाशित

जिपी कोईराला फाउन्डेशन अमेरीकाद्वारा स्व. गिरीजाप्रसाद कोईरालाको ९६ औं जन्मजयन्ती विशेष कार्यक्रमकासाथ गत जुलाइ ७,आईतबारको वेलुका ७ बजे ज्वीस सेन्टर हल, ज्याक्सन हाइट्स न्यु-योर्कमा भव्यरूपमा सम्पन्न भएको छ।

यस फाउन्डेसन अमेरीकाका अध्यक्ष श्री सोमनाथ घिमीरेको नेतृत्त्वमा न्युयोर्कमा यस फाउन्डेसनका पदाधिकारीहरु उपाध्यक्ष सुवर्ण लामा, कोशाध्यक्ष व्रेन्दा राइ, केन्द्रीय सदस्यहरु क्रमशः प्रेम पौडेल, श्याम कार्की, छिरीङ राप्के लामा, राम कोइराला, विष्णु सिहं वैजुं, विमल डागीं, राम चन्द्र अधीकारी र मानार्थ सदस्य सान्त रीसाल सहित विभिन्न क्षेत्रका विशिष्ठ अथितीहरू नेपाल ,भारत , वंगलादेश , पाकिस्तान ,श्रीलंका, वोस्नीया, गयाना, हैटी, तिब्बत, अफगानिस्तान, भुटान, म्यानमार लगायत राष्ट्रका वरिष्ठ साहित्यकार, समाजसेवी, मानवअधीकारवादी, पत्रकार, वुद्वीजिवी एवं अमेरीकाका विशिष्ठ सामाजिक अभियान्ताहरू, राजनीतिज्ञहरु लगायतको उल्लेख्यनीय उपस्थिति रहेको थियो।

नेपाली र अमेरीकी राष्ट्रीय गान एवं स्व. कोईरालाको फोटोमा पुष्पार्पण तथा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक शुरूवात गरिएको थियो। तिव्वती आशीष गान गाएर कार्यक्रमलाई थप रौनकता दिईएको थियो।कार्यक्रममा आगन्तुक महानुभावहरूलाई स्वागत गर्दै संस्थाका केन्द्रीय सदस्य रामचन्द्र अधिकारीले स्व. कोईरालाको परिचय एवं संक्षीप्त राजनैतिक संघर्ष र नेपालमा शान्ती, प्रजातन्त्र र विकासमा वहाँको योगदान वारे प्रष्ट्याउनुभएको थियो।

यसैगरी डा. गोविन्द कोईरालाले वहाँको योगदान तथा विचारवारे थप प्रष्टपार्नुभयो।कार्यक्रममा प्रमुख अतिथीको रूपमा क्वीन्सवोरो प्रेसीडेन्टको कार्यलयका कम्युनिटी डाइरेक्टर डा. महम्मद हकले शुभकामना दिंदै स्व. कोईराला साँच्चीकै महान प्रजातन्त्रवादी नेता भएको र वहाँको वाटोमा सबैले हिँडनसक्नुपर्ने वताउनुभयो।यस्तै वरीष्ठ समाजसेवी मुह्म्मद रसीदले स्व. कोईरालाको व्क्तीत्व र योगदानको सारा विश्वले कदर गरेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रममा विभीन्न महानुभावहरूले स्व. कोईराला र नेपालवारे धारणा राख्नुभएको थियो।

यसै कार्यक्रममा सबै उपस्थित महानुभावहरुले युगपुरुष गिरिजा प्रसाद कोइरालाको तस्वीरमा फुल-माला अर्पण गर्दै वहाँलाई सम्झनु भयो। नेपाली जनसम्पर्क अमेरीका का महासचीव मुनिन्द्र नेम्बाङ ले पनि फुल-माला अर्पण गर्दै गिरिजा वावुलाई श्रध्दाञ्जलि अर्पण गर्नु भयो र आ-आफ्नो छोटो मन्तव्य दिने हरुमा क्रमशः रुवैया रहमन, सुल्तना खनान, मालिनी शाह, वेला कादिर, हेमा भीरानी, महवुवा कविता, गीता खत्री, इमानुएल एस्से, कृष्टोफर डेजा, शाह नवाज, मोर्शेद अलाम,आरसलान इन्टरफेद, अरुमघान असार, पेमा डेन्डुप, नेन्सी क्लेन, बिनाएक कौरवार श्रीजी हुनु हुन्थीयो भने इथार्ट डुक्लेएरले फ्रेन्च भाषामा श्रद्धांजलि गाना गाएर सबैलाइ स्तब्ध पारीन।

संस्थाका अध्यक्ष्यले कार्यक्रमको महत्व र औचित्यवारे थप पुष्टी पार्नुभएको थियो। गीरीजा प्रसाद कोइराला फाउण्डेसन अमेरीकाले यति छोटो समयमै समाज प्रति अतुलनीय कार्य गर्दै अाएको ले न्यु-यार्क क्वीन्स वोरोकी प्रेसीडेन्ट मेलिन्दा काट्जले गीरीजा वावु ले समाज र देश प्रति गरेको योगदान नै एउटा उदाहरण कार्य भएको भन्दै कदरपत्र ले सम्मान गर्नु भयो।

अन्त्यमा फाउन्डेशनकी कोषाध्यक्ष वृन्दा राईले धन्यवाद मन्तव्य राखी कार्यक्रमको समापन गरीएको थियो।

प्रतिक्रिया