बुधबार, कार्तिक ३ २०७८
काठमाडौं १८:१०
वासिङटन डिसी 08:25

नेपाली राष्ट्रिय सम्मेलनमा चर्चित गायक फिरोज स्याङ्गदेनको प्रस्तुति हुने

विजय थापा २०७६ असार १२ गते २३:५४ मा प्रकाशित

 

 

आगामी जुलाई ५ देखि ७ सम्म बाल्टिमोरमा हुने नेपाली राष्ट्रिय सम्मेलनमा चर्चित गायक फिरोज स्याङ्गदेनको प्रस्तुति हुने भएको छ । कुनै समय १९७४ एडीका अग्रपंक्तिका गायक फिरोज स्याङदेनको बसाई न्यु योर्कमा छ भने सांगीतिक क्षेत्रमा निरन्तर लागि रहेका छन् ।

स्याङ्गदेन आफ्नो प्रस्तुति गर्न बिश्व भर गर्न गै रहेका हुन्छन भने उनका प्रसिद्ध गीतहरु गुरासै फुल्यो ,सम्झी बस्छु..परेलीमा.,तिमीलाई पिरतीले..हिजो मात्र रहेका छन् । स्याङ्गदेन गायक ,गीत रचनाकार गिटारवादक हुन् । उनले हालसालै कहिले कहिँ सुटुक्क गीत युट्युब मार्फत सार्वजनिक गरेका छन् । गत अप्रिलले उनि र एड्रियन प्रधान संगै मिलेर मेरो सम्झना निकालेका छन् ।

मेरिल्याण्ड को बाल्टिमोरमा हुने दोश्रो नेपाली राष्ट्रिय सम्मेलनमा उनि आउने भए पछि बाल्टिमोर लगायत डिसी महानगरबासी निकै खुशी भएका छन् । उनका धेरै गीतहरु अत्यधिक लोकप्रिय रहेका छन् ।

स्याङ्गदेनको लगायत हेमन्त राना ,सिने गुरुङ ,संजिप प्रधान लगायतको बेजोड प्रस्तुति हुनेछ । जुलाई ६ का दिन ग्रान्ड कन्सर्ट ( बृहत संगीत कार्यक्रम) रहेको छ भने टिकट बिक्रि पनि खुला गरिएको जानकारी सम्मेलन सभापति विजय श्रेष्ठले बताएका छन् ।

श्रेष्ठले फिरोज स्याङ्गदेन को प्रस्तुति आफूले पहिले पनि हेरेकोले सम्मेलनमा अझ थप उर्जा मिल्छ भन्ने उद्धेश्यले उनि लगायत हेमन्त राना ,सिने गुरुङ र स्थानीय बाल्टिमोर कै चर्चित गायक संजिप प्रधान लगायतले सहभागीहरुलाई मनोरंजन प्रदान गर्ने कुरामा आफू विश्वस्त भएको बताए ।

स्मरण रहोस ,दोश्रो नेपाली राष्ट्रिय सम्मेलन कुनै पनि संस्थाको एकल पहल र अगुवाईमा नभई सयुक्त रुपमा नेपाली राष्ट्रिय सम्मेलन नामकरण गरिएको हो । मुख्य आयोजक र सह आयोजक गरि १२ वटा संस्थाहरु नेपाली राष्ट्रिय सम्मेलन सफलता पूर्वक सम्पन्न गराउन अहोरात्र खटिई रहेका छन् ।

सम्मेलन होटल रेड लायन नर्थ बाल्टिमोरमा हुनेछ । सबैलाई सरल र सहज होस् भनि कोठाहरु आरक्षित(बुकिङ्ग )खुला गरिएको छ । नेपाली राष्ट्रिय सम्मेलनको संरक्षकमा महाबाणिज्य तथा वरिष्ठ लोक गायक दुत प्रेम राजा महत रहनु भएको छ ।

प्रतिक्रिया