शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:५४
वासिङटन डिसी 14:09

ताजा समाचार : न्यायाधीशले भर्जिनियाकि महिला कार्यकर्ताको स्थाई आवासीय पत्र (ग्रिन कार्ड) खोस्दै अमेरिका छोड्न आदेश

इनेप्लिज २०७५ मंसिर २९ गते ०:३१ मा प्रकाशित

अमेरिकाको एरिजोनाका न्यायाधिसले डिसी महानगर क्षेत्रमा सक्रिय रुपमा आप्रवासन तथा प्रजनन अधिकारमा काम गर्दै आएकी कार्यकर्ता महिलाको ग्रिन कार्ड ( स्थाई आवासीय पत्र )खोस्दै अमेरिका छोड्न आदेश दिएका छन् ।

मेक्सिको कि महिलाको स्थाई आवासीय पत्र खोस्दै मेक्सिको फर्कन आदेश दिएको समाचार प्राप्त भएको छ । ३३ बर्षिय एलेजान्द्रा प्याब्लोस नामक उक्त महिलाले अमेरिका शरणार्थीको रुपमा बस्न पाउँ भनि हालेको निवेदन समेत न्यायाधिसले अस्विकार गरेका छन् ।

गत मंगलबार आप्रवासन न्यायाधिसले उक्त निर्णय गरेको कुरा वाशिंगटन पोस्टले लेखेको छ । न्यायाधिसले मेक्सिकोमा जन्मेको कानूनी स्थायी बासिन्दाले योग्यता पाउदैनन किनभने प्रजनन अधिकार कार्यकर्ताहरूलाई सुरक्षाको कुनै आवश्यकतामा नपर्ने भनेका छन् ।

प्याब्लोसलाई गत मार्चमा पक्राउ गरिएको थियो । एरिजोनाको फिनिक्सको यात्राको क्रममा उनको विचाराधीन डिपोर्टेसन (देश निकाला) मामला सम्बन्धि आफ्नो आगमनको सूचना दिने क्रममा अध्यागमन अधिकारीहरुले सवारी साधन मादक पदार्थ खाएको अवस्था (डियुआइ)पाइएकोले अपराध ठहराइएको थियो ।

समाचार स्रोत : एनबिसी४, एपी /वाशिंगटन पोस्ट
तस्बिर स्रोत :लटिना इन्सटिट्युड

प्रतिक्रिया