मंगलबार, असार ३ २०७६
काठमाडौं ०९:०३
वासिङटन डिसी 23:18

सीएनएन हिरो डा रिकार्डो पुन चोङ्ग घोषित

इनेप्लिज २०७५ मंसिर २४ गते ३:२२ मा प्रकाशित

सन् २०१८ को सिएनएन हिरोमा डा रिकार्डो पुन चोङ्ग घोषित भएका छन् । उनले यस बर्षको सिएनएन हिरो संगै १ लाख डलर पनि प्राप्त गरेका छन् । उनले पेरुमा रहेका बालबालिकालाई उनीहरुका परिवार सहितलाई ठुलो सहयोग गरेका छन् ।

उनले बिजयी संगै सिएनएन लाई धन्यवाद दिदै उक्त प्राप्त रकमले आफ्नो आश्रय स्थल निर्माण गर्ने बताए । अंग्रेजी साथै स्पानिस भाषामा आफुले हेरचाह गरि रहेका बालबालिकालाई स्पानिस भाषामा त्यही बाट संदेश दिएका छन् ।

सन् २००८ देखि नै उनले उनको गैर मुनाफा संस्था द्वारा निशुल्क घर ,खान तथा बिरामी बालबालिकाको साथै उनीहरुका परिवारलाई समेत सहयोग गरि रहेका छन ।  पुन चोङ्गले ९ जना प्रतिस्प्रद्धिलाई पछाडी पर्दै बर्ष २०१८ को सिएनएन हिरो नामक पुरस्कार जित्न सफल भएका छन् । स्वयम् चिकित्सक भएका डा पुन चोङ्गले सन् २००८ मा आश्रय स्थापना गरेका थिए । र उनको संस्थाको नाम इन्स्पिरा हो र हाल सम्म ८ सय परिवारलाई सहयोग गरेको छ ।

उक्त आश्रय स्थल बालबालिकाहरुलाई आफ्नै घर जस्तै अनुभूति गराउन उने स्थापना गरेका हुन् । उनले १ लाख डलरको पुरस्कार सहित सबै १० जना प्रतिस्प्रद्धिले १० हजार डलर नगद पाएका थिए ।

 

प्रतिक्रिया