अमेरिकाको मध्यपश्चिममा भिषण हिमपात ,१ करोड मानिसहरु प्रभावित हुने सम्भावना

इनेप्लिज २०७५ मंसिर १० गते ११:५३ मा प्रकाशित

अमेरिकाको मध्यपश्चिम राज्यहरुमा भिषण हिमपात सुरु भएको छ । क्यान्सस शहरका गभर्नर जेफ कोल्येरले हिमपातको कारण आफ्नो राज्यलाई सङ्कटकालिन घोषणा गरेका छन् । हिमपातको कारण १ करोड मानिसहरु प्रभावित हुने सम्भावना रहेको संचार माध्यमले जनाएका छन् ।

मौषम प्रणाली मध्य पश्चिम तर्फ गत आइतबार देखि नै जाने र ग्रेट लेक्स क्षेत्रमा सोमबार उत्तरपूर्व क्षेत्रमा प्रवेश गर्ने जानकारी मौषमविदले जनाएका छन् । मुख्यतया क्यान्सस शहर अन्तरराष्ट्रिय विमानस्थल बन्द गरिएको छ भने धावनमार्ग नदेखिएकोले उक्त निर्णय गर्नु परेको जनाएका छन् ।

उक्त संकटकालिन घोषणामा यात्रालाई पछि सार्नु भन्ने सुझाव दिनुको साथै यदि सडकमा भए आकास्मिक रुपमा चाहिने सामग्री राख्ने सुझाव दिइएको छ ।

साथै सवारी साधनमा इन्धनको पुरा व्यवस्था गर्नु ,आफ्नो संचार माध्यम थान( फोन आदि इत्यादी)का मसला (ब्याट्री)पुरा हुनु पर्ने र तपाई कहाँ यात्रा गर्दै हुनु हुन्छ भन्ने कसैलाई थाहा हुनु पर्ने उक्त वक्तब्यमा उल्लेख गरिएको छ ।

यसको पुरा असर क्यान्सस सिटि ,मिजौरी ,नेब्रास्का तथा आयेवा का बासिन्दालाई पर्ने जनाएको छ । उक्त मध्य पश्चिममा कम्तिमा ६ देखि १० इन्चको हिउ पर्ने अनुमान गरिएको छ । साथै कुनै क्षेत्रमा २४ देखि ३६ घण्टामा १ फुट सम्म हिउ हुने पनि जनाएको छ ।

हाल सम्म झन्डै ६ सय हवाई बिमानहरु रद्ध भएका छन् भने २ हजार सम्म बिमानहरु रद्ध हुने सम्भावना रहेको समाचार सीएनएनमा छ ।

प्रतिक्रिया