बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:२६
वासिङटन डिसी 06:41

थप जानकारी :शिकागो मर्सि अस्पतालमा बन्दुकधारी सहित ४ जनाको मृत्यु

इनेप्लिज २०७५ मंसिर ४ गते १:१६ मा प्रकाशित

शिकागो स्थित मर्सि अस्पतालको गोलिबारीमा पछिल्लो जानकारी अनुसार बन्दुकधारीले गोलि चलाउदा बन्दुकधारी सहित ४ जनाको मृत्यु भएको छ ।  बन्दुकधारीले गोलि चलाउदा महिला चिकित्सक टमारा ओनिल,प्रहरी अधिकृत सामुअल जिमेनेज तथा फार्मेसी( औषधालय) का डायेना लेस मारिएका छन । उक्त बन्दुकधारीको पहिचान भएको र उनि जुवान लोपेज भएको प्रहरीले जनाएको छ । उनलाई पेटमा गोलि लागेको र आफैले टाउकोमा गोलि हानेको चिकित्सकहरुको जाँच परीक्षण पश्च्यात बताएका छन् ।

उक्त बन्दुकधारीलाई सिकागो अग्नि प्रतिष्ठान द्वारा सन् २०१४ मा बर्खास्त गरिएको थियो । उनि अनुशासन कारवाईमा परेका थिए । उनि हराए पछि उनलाई हाजिर हुन् भनिएता पनि उनि उपस्थित नभए पछि मे २०१४ मा निकालिएको थियो । मृतक चिकित्सक उक्त बन्दुकधारी को पूर्व हुने वाला दुलही थिइन् भने उनले आफूले दिएको औठी माग्दा झडप भएको भनि सीएनएनमा समाचार छ ।

प्रत्यक्षदर्शिकाका अनुसार बन्दुकधारीले बाहिर बाटै गोलि चलाएको र प्रथम महिला माथि आक्रमण गरेको बताएका थिए । उनले ३ पटक गोलि उक्त महिलालाई चलाएको बताएका छन् । उक्त प्रत्यक्षदर्शीका अनुसार अफ्रिकन अमेरिकन कालो लुगा र कालो टोपी लगाएको बताएका थिए । पछिल्लो जानकारी अनुसार उक्त महिला मर्सि अस्पताल कै आकस्मिक सेवाकि चिकित्सक टामरा ई ओनिललाई बन्दुकधारीले सवारी साधन अडान क्षेत्र (पार्किंग लट )मा गोलि प्रहार गरेका थिए ।

सिकागोका अग्नि नियन्त्रण आधिकारीका अनुसार २ जना महिला माथि आक्रमण भएको जनाएका छन् । एक जनालाई नर्थ वेस्टर्न मेमोरिएल अस्पताल र अर्कालाई युनिभर्सिटी अफ सिकागो अस्पतालमा भर्ना गरीएको छ भने उनीहरुको अवस्था निकै नाजुक रहेको छ । सिकागोका प्रहरी माथि पनि गोलि प्रहार भएको छ ।

मर्सि अस्पतालले सामाजिक संजाल ट्वीटर मार्फत मर्सि हस्पिटल एण्ड मेडिकल सेन्टरमा गोलीबारी भएको र अब उक्त गोलीबारी समाप्त भएको जानकारी गराएका छन् । उनले शिकागो प्रहरी बिभागले अस्पताललाई सुरक्षित राख्यो भनि लेखेका छन् ।

स्थान र अस्पतालको सुरक्षाको लागी नजिक सडक बन्द गरिएको थियो भने अस्पतालका आकस्मिक सेवाका चिकित्सकले एक छिन् अवस्था अस्तव्यस्त कोलाहाल मचिएको बताएका छन् । ठुलो घटना नहोस भन्नको लागि कम्तिमा पनि १५ वटा चिकित्सा टोलि तैनाथ गरिएको छ भने दर्जनौ प्रहरीका सवारी साधन ,एम्बुलेन्स ,बारुण यन्त्र आदी इत्यादी चौतर्फी ब्यबस्था गरिएको थियो ।

प्रतिक्रिया