बोस्टनकि रुपा शाह “फेस अफ वुमेन इन डेभलपमेन्ट” द्वारा सम्मानित
काठमाडौँ घर भै हाल अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टन शहरमा बसोबास गर्दै आएकी रुपा शाह “फेस अफ वुमन इन डेभलपमेन्ट” द्वारा सम्मानित भएकी छिन् । उनलाई बोस्टन स्थित वुमेन इन डेभलपमेन्ट अफ ग्रेटर बोस्टनले उक्त सम्मान गरेको हो ।
उनि हाल टिवानडी एक्सचेन्ज नामक संस्थामा विकास तथा संस्था सम्बन्ध बिभागकि सहायक निर्देशक पदमा कार्यरत छिन् । उनले उक्त परोपकारी सँस्थामा प्रवेश गरे पछि अद्वितिय रुपमा कोष वृद्धि गर्न ठूलो भूमिका निर्वाह गर्न सफल भएकोले उनलाई संस्थाले यसरी विकासमा महिला आकृती नामबाट सम्मान गरेको हो ।
शाहले ६ मिलियन (६० लाख डलर) तथा २ बिलियन (अर्ब )डलरको परियोजनामा काम गरिको ईनेपलिजलाई बताइन । दैनिक कामकाज बाहेक शाह पहाड चढ्ने ,लामो पैदल यात्रा तथा बहिरंग अन्य क्रियाकलापमा रुचाउने बताइन ।
१५ बर्षको उमेर देखि नै काठमाडौँका घरबार बिहिन बालबालिकाका लागि स्वयम सेवक रुपमा काम गरेको अनुभव रहेकी शाह उच्च शिक्षाको लागि क्यालिफोर्निया आउने मौका पाइन् । क्यालिफोर्नियाको लस एन्जेलसमा पनि स्वयम् सेवक रुपमा घरबार बिहिन तथा अशक्तहरुको लागि निरन्तरता सेवा गर्ने मौका पाएको बताइन ।
उनले मुनाफा रहित सामाजिक संस्थामा पूर्ण कालिन काम गर्ने हेतुले उच्च शिक्षाको लागि कर्नेल विश्व बिद्यालयमा प्रवेश गर्दै वाशिंगटन डिसीको परोपकारी सामाजिक संस्थामा काम गर्ने अवसर पाएको बताइन । शाहले ईनेप्लिजलाई आफूले कैयौ यसरी गैर मुनाफा सामाजिक संस्थामा काम गरि ६ मिलियन (६० लाख )डलर उठाउन सकेको बताइन ।
उनले “बिल्डिंग कर्पोरेट पार्टनरशिप विथआउट लुजिंग योर मिसन अर योर माइन्ड ” नामक कार्यक्रममा सहभागिता भए लगतै टिवानडि एक्चेन्ज प्रवेश गरेको उल्लेख गरिन ।
उनि नेपाली समुदायका गतिविधिमा त्यतिकै संलग्न छिन् । केही समय अगाडी अमेरिकाको भ्रमणमा रहनु भएका पूर्व अर्थमन्त्री डा राम शरण महत संग बोस्टनमा भएको अन्तरक्रिया कार्यक्रममा शाह प्रस्तोता रहेकी थिइन् । उक्त कार्यक्रम हार्वर्ड तथा एमआइटि का नेपाली बिधार्थीको आयोजनामा सम्पन्न भएको थियो । डा महत संगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपालको आर्थिक नीति सम्बन्धि छलफलमा सहभागी रहेकी पनि थिइन् ।
साथै केही समय अगाडी हर्चित अल्ट्रा धावक मीरा राईको लागि गरिएको कोष वृद्धि कार्यक्रममा ५ हजार ३ सय डलर उठाइएको थियो भने त्यसमा पनि उनि नै प्रस्तोता साथै उनको सक्रिय भूमिका रहेको थियो ।
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
अमेरिकी कंग्रेसका प्रतिनिधिमण्डल ताइवान भ्रमणमा
टेक्ससका गभर्नर आबोटले डिसी र न्यूयोर्कमा हजारौ आप्रवासीहरू यात्रियानबाट पठाए
प्रतिक्रिया