शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०३:१८
वासिङटन डिसी 17:33

न्यू योर्कको अधिकारले ट्रम्प प्रशासन बिरुद्ध नेपालको अस्थाई सुरक्षित दर्जा(टिपीएस)सम्बन्धि मुद्धाको अगुवाई गर्ने(भिडियो सहित )

इनेप्लिज २०७५ मंसिर १ गते ४:०२ मा प्रकाशित

 

मानव अधिकार र सामाजिक न्यायको लागि “अधिकार” भन्ने मुख्य नारालाई आत्मसात गर्दै काम गरि रहेको न्यू योर्क स्थित संस्थाले ट्रंप प्रशासन बिरुद्ध नेपालको अस्थाई सुरक्षित दर्जा(टिपीएस)सम्बन्धि मुद्धाको अगुवाई गर्ने तयारीमा जुटेको छ ।

नेपालको अस्थाई सुरक्षित दर्जा(टिपीएस) मुद्धाको अगुवाई अधिकारले गर्ने भएता पनि एनडिएलओएन (NDLON)को कानुनि टोलीले यसको प्रतिनिधित्व गर्ने भएको छ। २०१५ मा नेपालमा गएको महाभुकम्प पछि अमेरिकी सरकारले नेपाललाई २४ जुन २०१५ देखि यो सुबिधा उपलब्ध गराउदै आएको थियो ।

यसै बर्ष डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाल लगायत विभिन्न अस्थाई सुरक्षित दर्जा (टिपीएस) प्राप्त देशहरुको टिपीएस नबिकरण नगर्ने घोषणा गरेको थियो। विभिन्न देशलाई दिएको यो अस्थाई सुरक्षित दर्जा नबिकरण सुबिधा खारेज भएपछि अस्थाई सुरक्षित दर्जा(टिपिएस) लिएकाहरुले या त कानुनि रुपमा बस्नको लागि बैकल्पिक व्यवस्था खोज्नु पर्ने वा तोकिएको मिति सम्ममा देश छोड्नु पर्ने अन्यथा देश निकालाको शिकार सिकार हुनुपर्ने अवस्था रहेको छ ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको उक्त घोषणा पछि गत मार्च १२ ,२०१८ का दिन एलसाल्भाडोर,हैटी,सुडान ,निकारागुवाका अस्थाई सुरक्षित दर्जा (टिपीएस)प्रयोगकर्ता र तिनका अमेरिकी नागरिक भै सकेका बच्चाहरुले टिपीएस नवीकरण नगरिनुले उनीहरु र अमेरिकाको नागरिक भैसकेका उनीहरुका बालबच्चाको मौलिक अधिकार हनन भएको कारण यो गैर कानुनी छ भनेर ट्रंप प्रसाशनको बिरुद्ध नर्दन डिस्ट्रिक अफ क्यालिफोर्नियामा मुद्धा गरिएको थियो ।

जसको नतिजा स्वरूप गत अक्टोबर ३ तारिखका दिन न्यायाधिस चेनले यी ४ देशका नागरिकको अमेरिकामा अस्थाई सुरक्षित दर्जा सुबिधा अस्थाई रुपमा कायम राख्न र मुद्धा चलिरहेको अवस्थामा समयमा ती देशका टिपीएस प्राप्तकर्ता लाई देश निकाला नगर्न आदेश दिएका थिए । तर अहिले सम्म नेपाल र होंडूरस भने यो सुबिधाबाट बन्चित छन्।

अस्थाई सुरक्षित दर्जा (टिपीएस) प्रयोग कर्ताले अब के गर्नु पर्छ ?

यो सुविधा प्राप्तकर्ताले नेपालको लागि रद्ध नहोस भन्ने चाहना राख्नेले आफु प्लेनटिफ(वादी) हुनु पर्ने जसको लागि न्यु योर्कको अधिकारको कार्यालय संग सम्पर्क गर्नु पर्ने हुन्छ ।

गत नोभेम्बर १५ तारिखका दिन “सच्चीको साथ “नामक कार्यक्रम मार्फत अधिकारको तर्फबाट प्रार्थना गुरुङ तथा एनडिएलओएन(NDLON)का तर्फ बाट जेसिका कार्प बंसलले अन्तर्वार्तामा धेरै कुराहरु बताएका थिए ।

कसरी मुद्धा अगाडी बढन सक्छ ,प्रयोगकर्तालाई कुनै जोखिम हुन्छ कि हुदैन ? यदि मुद्धा पराजित भएमा तुरुन्तै नेपाल फर्कनु पर्ने हो कि ? कति समय बस्न सकिन्छ ? कसरी वादी बन्ने र के हुन्छ आदी ईत्यादी बिषयमा कार्यक्रम प्रस्तोता सच्ची मैनालीले यस बिषयमा प्रश्न राखी सबै कुराको जानकारी गराएका थिए ।

अस्थाई सुरक्षित दर्जा प्राप्त गरेका जति सक्दो धेरै वादी बन्न सक्यो त्यतिनै मुद्धा दायर गर्न सरल हुने र अगाडी बढ्न सजिलो हुनेछ । वादी न्युनतम भएको अवस्थामा मुद्धा दायरको प्रक्रिया अगाडी बढ्न सक्ने छैन। अधिकारका प्रतिनिधि तथा एनडिएलओनका प्रतिनिधिले जति सक्दो छिटो वादी हुनु पर्ने यसको लागि सम्पर्कमा रहन आव्हान गरेका छन् ।

यसै अस्थाई सुरक्षित दर्जा ( टिपिएस ) सम्बन्धि सच्चीको साथमा कार्यक्रम प्रसारण लगतै देखि अधिकारको कार्यालयमा मुद्धा दायरको लागि अस्थाई सुरक्षित दर्जा प्रयोगकर्ताले वादी बन्न इच्छुक रहेको र सम्पर्क गर्न थालेको अधिकारले जनाएका छन् ।

यो सुबिधा प्राप्तकर्ताले यदि वादी बन्न चाहनेले अधिकारको ७१८ -९३७-१११७ मा सम्पर्क गर्न समेत सूचना जारी गरेका छन् । यसको बिस्तृत जानकारीको लागि यो श्रब्य दृश्य हेर्न सक्नु हुने छ ।

यो भिडियो (श्रब्य दृश्य ) २४ सेकेन्ड (पल) मा सुरु हुने छ ।

सच्चीको साथमा”….TPS बिशेषTPS सम्बन्धि बिशेष जानकारी सहितको अन्तरवार्ताJessica Karp Bansal, Co-Legal director (NDLON)Prarthana Gurung, Campaigns & Communications Manager (Adhikar)

Posted by Enepalese on Thursday, November 15, 2018

प्रतिक्रिया