शनिबार, मंसिर १ २०७५
काठमाडौं १०:४३
वासिङटन डिसी 23:58

क्यालिफोर्नियामा भीषण आगलागी तीव्रगतिमा व्यापक हुदै

इनेप्लिज २०७५ कार्तिक २३ गते १३:३२ मा प्रकाशित

 

क्यालिफोर्नियामा भीषण आगलागी तीव्रगतिमा व्यापक हुदै गएको छ । गत बिहिबार देखि सुरुवात भएको उक्त आगलागी अत्यन्तै तिब्र गतिमा चारैतर्फ फैलीरहेको संचार माध्यमए जनाएका छन् । अहिले सम्म हजारौ निर्माणहरु नष्ट भएका छन् । र उच्च हावाको कारण आगोको मुस्लो व्यापक हुदै गएकोमा उक्त क्षेत्रका बासिन्दालाई अनिवार्य रुपमा घर खाली गर्न आदेश गरिएको छ ।

अहिले बिहान शुक्रबार सम्म यस्को चपेटामा करिव २० मिलियन ( २ करोड ) मानिसलाई खतरा पर्न सक्ने छ । उत्तरी क्यालिफोर्नियाको ब्युट काउन्टीमा ४० हजार मानिसहरु घर छोड्न बाध्य भएका छन् । प्रत्येक मिनेट झन्डै ८० वटा अमेरिकन फुटबल (भकुण्डो) मैदान बराबरको अनियन्त्रित रुपमा फैलिएको प्रत्यक्षदर्शीले जनाएको कुरा सीएनएनले उल्लेख गरेको छ ।

हाल सम्म २० हजार एकड जमीन जाली सकेको छ भने अग्नि नियन्त्रकहरु समेत घाइते भएका छन् । उक्त स्थान आवासीय घर ,अस्पताल र बिद्यालय समेत तुरुन्तै खालि गराईएको छ । हजारौ मानिस घर छोडेर अन्यत्र लाग्ने क्रम जारी छ ।

प्रतिक्रिया